विदेशी पर्यटकको अहिलेसम्मको तथ्य–तथ्यांक

नेपालको सन्दर्भमा विदेशी पर्यटकको तथ्य–तथ्यांक सम्बन्धी कुरो गर्दा नेपालमा सन् १९९७ मा आएर चार लाख पुगेको देखिन्छ पर्यटकको संख्या । त्यस्तै नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच लाख पुग्न अर्को १० वर्ष लाग्यो ।

भनाइको मतलब सन् २००७ मा बल्ल पाँच लाख २६ हजार ७०५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि सन् २०१० मा छ लाख दुई हजार ८६७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । त्यस्तै सन् २०११ मा सात लाख ३६ हजार २१५ जना, सन् २०१२ मा आठ लाख तीन हजार ९२ जना, सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना विदेशी पर्यटकले नेपाल भ्रमण रगरेका थिए । यसरी बीच–बीचमा नेपाल आउने विदेशी पर्यटकको संख्या घट्ने र बढ्ने क्रमसँगै (८ लाख, नौ लाख, १० लाख हुँदै) सन् २०१९ मा आई पुग्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार १९१ जना (१२ लाख नजिक) पुगेको थियो । तर,…तर, नेपाल पर्यटन बोर्डले सन् २०२१ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्यात्मक तथ्यांक हालै सार्वजनिक गरेको छ । सो तथ्यांक हेर्दा भने नेपाल भ्रमण गर्ने विदेशी जस्तो कि, एक लाख ५० हजार नौ पर्यटकको संख्या कहाली लाग्दो रहेको छ । सन् २०२१ मा नेपालको पर्यटन इतिहासमा (लगभग ४३ वर्षपछि) धेरै कम संख्यामा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

जस्तो कि सन् २०१५ को भूकम्प र अघोषित भारतीय नाका बन्दीपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार रुपमा बढी रहेको थियो । फलतः सन् २०१९ सम्म आई पुग्दा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार (लगभग १२ लाख) पुगेको थियो । नेपाल भ्रमण गर्न आएको विदेशी पर्यटकको सोही संख्यालाई ह्रदयंगम गर्दै नेपाल सरकारले सन् २०२० लाई दोस्रो पटक ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रुपमा मनाउने तयारी गरेको थियो । साथै सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने महात्वाकांक्षी घोषणा पनि गरेको थियो, नेपाल सरकारले । तर, अकस्मात सोही समय (सन् २०१९ को डिसेम्बर अन्तिम ताका) मा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाइरस (पछि कोभिड–१९ नाम दिईएको)’ को महामारीले गर्दा नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रुपमा मनाउने घोषणा गरेको र, सबै तयारी पुरा गरेको अवस्थामा पनि अकस्मात नेपाल भ्रमण वर्षको सबै कार्यक्रमहरु स्थगित गर्यो । खासमा नेपालको पर्यटन चलायमान हुनका लागि विश्व पर्यटनमा पनि सुधार आउनैपर्ने देखिन्छ । जबकि, हालको अवस्था हेर्दा विश्व पर्यटनले तत्कालै गति लिई हाल्ने अवस्था पनि देखिदैन ।

पर्यटन सम्बन्धमा विज्ञता हासिल गरेका महानुभावहरुले नै विश्व पर्यटनमा सुधार आउन कम्तिमा सन् २०२४÷२०२५ सम्म लाग्ने अनुमान गरेका छन् । खास गरी सन् २०२१ को नेपाल आगमन भएका विदेशी पर्यटकको कुरो गर्दा सो वर्षको मे, जुन, जुलाई, अगस्ट सेप्टेम्बर महिनामा विगतका तुलनामा कम विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जस्तै सन् २०२१ को मे महिनामा एक हजार ४६८ जना, जुन महिनामा एक हजार १४३ जना, जुलाई महिनामा दुई हजार ९९१ जना, अगस्ट महिनामा पाँच हजार ९१७ जना, सेप्टेम्बर महिनामा नौ हजार ८९८ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे । यसरी हेर्दा विगतका तुलनामा माथि उल्लेखित महिनामा धेरै कम विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे । त्यसो हुनुमा अनेक कारणहरु रहेको छ । मुख्य कारण भने सो समयमा नेपालमा दोस्रो लहरको कोरोना महामारी पैmलिनु नै हो ।

तथ्यांक कै कुरो गर्दा सन् १९६३ मा सात हजार २७५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको भनी माथि उल्लेख गरिएकै छ । त्यस्तै सन् १९६४ मा नौ हजार ५२६, सन् १९६५ मा नौ हजार ३८८ (अघिल्लो वर्षको तुलनामा माइनस १ दशमलब ४ प्रतिशत कम), सन् १९६६ मा १२ हजार ५६७, सन् १९६७ मा १८ हजार ९३ जना, सन् १९६८ मा २४ हजार २०९ जना, सन् १९६९ मा ३४ हजार ९०१ जना, सन् १९७० मा ४५ हजार ९७० जना, सन् १९७१ म ४९ हजार ९१४ जना, सन् १९७२ मा ५२ हजार ९३० जना, सन् १९७३ मा ६८ जहार ४७ जना, सन् १९७४ मा ८९ हजार ८३८ जना, सन् १९७५ मा ९२ हजार ४४० जना, सन् १९७६ मा एक लाख पाँच हजार १०८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकमा देखिन्छ । सन्दर्भ स्रोतः पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयद्धारा प्रकाशित ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०१३’ नामक किताब । त्यस्तै सन् १९८६ मा बल्ल दुई लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ, तथ्यांकमा । यसरी तथ्यांक हेर्दा सन् १९९२ मा बल्ल नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्याले तीन लाख नाघ्यो । तथ्यांक हेर्दा सन् १९९२ मा तीन लाख ३४ हजार ३५३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ । तर, सो बढोत्तरी निरन्तर रुपमा कायम रहन भने सकेन । सन् १९९३ मा सो संख्या घटेर दुई लाख ९३ हजार ५६७ मा झर्यो । यसरी हेर्दा सन् १९९२ को तुलनामा माइनस १२ दशमलब दुई प्रतिशत कम रहेको थियो, सन् १९९३ मा । सन् १९९३ मा २ लाख ९३ हजार ५६७ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति २ माघ २०७८, आईतवार १०:३२

सम्बन्धित समाचारहरु