काठमाडौँ । गायन रियालिटी शो ‘भ्वाइस किड्सको तेस्रो सिजनको लागि देश भरि बाट ‘लाखौँबाट हजारौं र हजारौँबाट ४८ जनामा प्रतिस्पर्धा गर्दै छनोट भएर आएकी सोलुखुम्बुका लाक्पा डोमा शेर्पा अहिले भ्वाइस किड्समा आफ्नो सुमधुर आवाजले लाखौ नेपालीको मन जित्दै गइरहेको छ।

लाक्पा ब्लाइन्ड अडिसनमा टिम प्रमोद छान्दै द ब्याटल र लाइभ शोमा पुगेको थियो। लाइभ शोमा कुन्ती मोक्तानको खुट्टा तान्दै गर र लत्ता मङ्गेशकर बाचुन्जेलीलाई जस्त सर्व प्रिय गीत गएर आफु ‘भ्वाइस किड्स ३ को अब्बल प्रतिस्पर्धी भएको प्रमाणित गरे सँगै राम्रो दर्शकको माया पाएर सेमिफाइनल प्रवेश गरि सकेकी छिन । अब उनले त्यस्तै माया पाए फिनालेको यात्रा पनि तय गर्ने छिन ।

यो शोमा प्रमोद खरेल, मिलन नेवार, छेवाङ लामा र मेलिना राई कोचको रुपमा छन् । लामा र राई पहिलोपटक टेलिभिजन रियालिटी शोमा कोचको रुपमा देखिँदैछन् । सेमिफाइनल र फिनालेमा पनि यस्तै राम्रो प्रस्तुतिको अपेक्ष गर्दै भ्वाइस किड्स-3 को उपाधि जितको अग्रिम शुभकामना

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय