काठमाडौं । आज २७औँ विश्व आदिवासी दिवस । विश्वभर रहेका आदिवासी समुदायको हक अधिकार बारे सचेतना तथा संरक्षण गर्ने उदेश्य सहित हरेक वर्ष अगष्ट ९ लाई विश्व आदिवासी दिवसको रुपमा मनाउने गर्दछ । या वर्ष विश्वभर ‘कसैलाई पछाडि नछाडौं
आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आव्हान’ भन्ने नारा सहित यो दिवस मनाइँदैछ ।
नेपालमा ‘पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्म निरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नाराका विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
कोरोना महामारीका कारण यो वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ लगायतका संघसंस्थाले भर्चुअल माध्यमबाट नै शुभकामना आदानप्रदान गरेर यो दिवस मनाई रहेको आदिवासी जनजाति महासंघले जनाएको ।
राष्ट्रिय आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पनि यो दिवसको अवसरमा शुभकामना कार्यक्रम राखेका छन् ।
आयोगले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको प्रमुख आतिथ्यतामा कान्तिपथस्थित एक होटलमा भव्य समारोह गरेर कार्यक्रम गर्दैछ भने प्रतिष्ठानले पनि चियापान र शुभकामना गर्दै कार्यक्रम गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय