रामेछाप। यहाँका स्थानीय तहका वडामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् ।रामेछाप र मन्थली नगरपालिका सहित सुनापति, लिखु तामाकोसी, दोरम्बा शैलुङ, खाँडादेवी, गोकुलगङ्ग र उमाकुण्ड गाउँपालिकाका वडा मध्ये अधिकांशमा यसअघि नै अधिवेशन गरिएको छ ।

 

केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभएपनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसार नै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ । ”

त्यस्तै रामेछापको उमाकुण्ड गाउँपालिका २ बाम्तीभण्डारमा पनि आज सम्पन्न नेकपा माओवादी केन्द्रको प्रथम वडा सम्मेलनबाट वडा अध्यक्षमा प्रदिप बस्नेत सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा तेजबहादुर श्रेष्ठ, सचिवमा पेमनुरी शेर्पा, सह–सचिवमा जीवन घताने र कोषाध्यक्षमा लक्ष्मी बस्नेत सहित २९ सदस्सीय वडा कमिटी गठन गरिएको हो ।

 

आजको अधिवेशनबाट चयन वडा कमिटी सदस्यहरूमा खम्बाध्यज बस्नेत, तिलक नेवार, तिलक बस्नेत, पसनुरी शेर्पा, मीन बहादुर भुजेल, मिना बस्नेत, इन्द्रबहादुर बस्नेत, कर्माली शेर्पा, इश्वर श्रेष्ठ, सम्तेन साइमन लामा, नम्गेल शेर्पा, रबिन्द्र घताने, उर्मिला बिक, इन्द्रबहादुर रसाइली, चित्रबहादुर बस्नेत, उमेश बस्नेत, सूर्य बस्नेत, फुलमाया सहासंकर, डम्बरबहादुर बस्नेत, केवल बहादुर बिक, श्याम कार्की, नीर बहादुर बिक, दाछेकी शेर्पा र ल्हाक्पा डेण्डी शेर्पा रहेका छन् ।

सम्मेलनमा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा रामेछाप जिल्ला संयोजक महिन कुमार मोक्तान, माओवादी केन्द्र रामेछाप जिल्ला सचिवालय सदस्य तथा उमाकुण्ड गाउँपालिका संयोजक मदन कालिकोटे, क्षेत्रीय कमिटी प्रतिनिधि, उमाकुण्ड पालिका प्रतिनिधि अमृत रुम्बा तामाङ , सल्लाहकार समितिको सदस्य हर्कबहादुर रसाइल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय