केही दिनयता हिमाली र लेकाली भेगमा चिसो बढेसँगै त्यस क्षेत्रका चौंरीगोठ बेंसी झार्न थालिएको छ। इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौंरीगोठ बेसी सार्न थालिएको हो। अत्यधिक चिसो हुन थालेपछि चौंरीहरू आफैं न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थाल्छन्।

तिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरू भइसकेको छ। ताप्लेजुङ र पाँचथरमा मात्र रहेका ६ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्ने क्रम शुरु भएको छ। इलामको सन्दकपुर र कालपोखरी खर्कमा रहेका गोठ झारिएको माइमझुवाका पञ्चबहादुर राईले बताए। इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करीब ५० चौंरीगोठ चिसोबाट न्यानोतर्फ सरेका छन्।

असोजदेखि गोठ उँधो झर्ने क्रम शुरू हुन्छ। चिसो नहटेसम्म ती गोठ बेंसीमै रहन्छन्। वैशाखदेखि गोठ उँभो लाने क्रम शुरू हुने माइमझुवाका चौंरीपालक लालबहादुर राईले बताए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय