” भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान , जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान ” भन्ने मुल नारा का साथ रोजगारीको शिलशिलमा दोहा कतारमा कर्मथलो बनाई बसेका शेर्पाहरु द्धारा सन २०१७ मा स्थापना भएकाे शेर्पा किदुग दोहा कतारले बिगतका बर्ष झै यस बर्ष पनि अाफ्नो मौलिक पहिचान जगेर्नाका गर्दै अागमि मार्च 8 तारिक शुक्रबारका दिन ख्याति प्राप्त गायक गोम्बु शेर्पा नेपालको पहिलो डिजे तेन्जिङ शेर्पा , मोडल तथा गायक लाक्पा शेर्पा (अमोद्) चर्चित गायिका निर्मला घिसिङ the voice of nepal का top 16 मा पर्न सफल गायक बिबेक लामाका साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ कतारमा शेर्पाहरुले ग्याल्पो लोसार बृहत सांस्कृतिक कार्यक्रम अायोजनमा स मो फक् लो ‘ २१४६ अौं ग्याल्बाे लाेसार कार्यक्रम धुमधामका साथ मनाउने किदुगका संस्थापक तथा बर्तमान अध्यक्ष अाङ ङवाङ कुसाङ शेर्पा (गोपर्मा )ले हाम्रो हिमाली सन्देशलाई जानकारी दिनु भयो ।

अध्यक्ष शेर्पाले रोजगारीको शिलशिलमा विभिन्न देशाहरुमा शेर्पाहरु पलयन हुने क्रममा दोहा कतारमा पनि बिस्तारै शेर्पाहरु संख्या बढ्दै गएको हाल सम्म ३५० देखि ४०० जनाको हारहारीमा रहेको शेर्पाहरुले अाफ्नो मौलिक पहिचानलाई बिदेशी भुमिमा रहे पनि जोगाई राख्ने हेतुका साथ कतारमा तेस्रो पटक शेर्पाहरुले भब्यताका साथ लोसार कार्यक्रम अायोजन गर्न लागि रहेकाे जानकारी दिनु भयो उत्त कार्यक्रम सम्पुर्ण कतारबासी शेर्पा तथा गैर शेर्पा अामा-बुबा, दाजु-भाई तथा दिदिबहिनीहरूलाई स मो फक् लो २१४६ अौं ग्याल्पो लोसारको शुभकामना दिदै २०१९/3/8 शुक्रबार बिहान १० बजे अम्बाज क्याम्प 2 मिसाईडमा हुने कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य र सब्यका साथ सफल परिदिनु हुन किदुगका अध्यक्ष शेर्पाले अनुरोध गरेको छन ।