“भाषा, धर्म, कला सांस्कृतिक हाम्रो पहिचान, जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” नाराका साथ २०१४ सालमा स्थापना भएको शेर्पा किदुग मलेशियाले यस वर्ष पनि लोसार विशेष कर्याक्रम आयोजना गरि लोसार मनाउने भएको छ । गत बर्ष झै यस बर्ष पनि फेबुअरी ०६ तरिक बुधबारको दिन कार्यक्रम आयोजना गर्न लालेको मलेसिया शेर्पा किदुकका महासचिव आङ फुर्बा शेपाले जानकारी दिनुभयो ।
नेपाल बौद्ध महासंघ को अध्यक्ष आचार्य कर्म रिन्छेन शेर्पाको प्रमुख आथित्यमा आयोजना गर्न लगिएको कार्यक्रममा सबैभन्दा आग्लो स्थानमा डिजे गरी विश्व रेकर्ड राख्न सफल डिजे छेवाङ शेर्पा, मोडल तथा गायक लाक्पा अमोद, कार्यक्रम संचालिका आङ पासी शेर्पा कार्यक्रमको लागि नेपालबाट मलेसिया आउने कार्यक्रम रहेको पनि महासचिव शेर्पाले बताउनु भयो ।कार्यक्रममा शेर्पा संस्कृति झल्कने शेबु्र नृत्य र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित बृहत सांस्कृतिक कार्यक्रम स मो फक् लो २१४६ औं ग्याल्बो लोसार कार्यक्रम को तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपालका विभिन्न जिल्लाबाट रोजगारीको शिलशिलामा मलेसिया पुगेका सम्पुर्ण मलेशियाबसि शेर्पा तथा गैर शेर्पाको उपस्थितिमा आयोजना गर्न लागिएको सो कार्यक्रमलाई भब्य र सब्यका साथ सफल परिदिनु हुन आयोजकले आग्रह समेत गरेको छ । arinaa star आयोजना गर्न लागिएको सो कार्यक्रम म समय बिहान ०१ बाजे हुने छ । लोसार नजिकिदै गर्दा विभिन्न देशमा लोसारको तयारी तिव्र भई रहेको छ ।
-world sherpa music
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh