सोलुखुम्बु । भालुको आक्रमणवाट सोलुखुम्बुमा एक जनाको ज्यान गएको छ । महाकुलुङ गाउँपालिका ३ छेस्कामका प्रेम कुलुङको भालुको आक्रमणवाट ज्यान गएको हो ।
३६ बर्षिय प्रेम जंगलमा मालिङ्गो काट्ने गएका बेला भालुको आक्रमणमा परेका थिए । आक्रमणपछि उपचारका लागि छेस्काम स्वास्थ्य चौकी ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भालुको आक्रमणवाट अन्य चार जना घाइते भएकाछन् । घाइतेहरुको छेस्काम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सोलुखुम्बुमा भालुको आक्रमणवाट बर्षेनी ज्यान जानुका साथै अंगभंग हुने गरेको छ ।
Source:Solukhumbu Samachar