सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका स्थानियले आईतबार तिङला बन्दको घोषणा गरेका छन् । तिङलालाई बेवास्था गर्दै जिल्लामा केन्द्रिय प्रसारण लाईन उद्धघाटन कार्यक्रमको पत्तालेबाट गर्न लागेको भन्दै उनीहरुले अनिश्चित कालका लागी तिङला बन्दको घोषणा गरेका हुन् । हाईड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङला भएपनि प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरि उद्धघाटन गर्न लागेकाले आन्दोलन गर्न बाध्य बनेको उनीहरुको दाबी छ ।

विरोधमा आन्दोलनकारीहले ठाउँ ठाउमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् भने बाटोमा टायर बालेर बसेको स्थानिय निर कुमार नेपालीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुदा सोलुखुम्बुबाट राजधानी तथा जिल्ला बाहिरीने कुनै पनि सवारी साधन चल्न सकेका छैन् । भने तिङलका सबै शैक्षिक सस्थां तथा कार्यलयहरु समेत खुल्न नसकेको बताइएको छ ।

सोलुखुम्बुलाई केन्द्रिय प्रसारण लाईनमा जोडने कार्यक्रमको सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेबाट सघिंय सासंद हेम कुमार राईले शनिबार उद्धघाटन गर्ने कार्यक्रम थियो । सो कार्यक्रम उद्धघाटनमा अतिथिहरु जादै गर्दा झडप हुदाँ ११ ओटा मोटर साईकल र एक ओटा बोलेरो जिप जलाएका छन् । झपडमा दुबै पक्षका केहि ब्याक्ति घाईते भएको जिल्ला प्रसाशन कार्यलय सोलुखुम्बुले जनाएको छ । साथै कार्यक्रमको विरोधमा तिङलालीले विहिबार नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सल्लेरीमा विहिबार नै ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले कार्यक्रम बहिस्कार गरेर शनिबार देखि नै तिङला बन्दको आवहन गरेको थिए । तर विना तयारी र निकाशको पाटो नखोजि आयोजकले कार्यक्रम उद्धघाटन गर्न खोज्दा राज्यले ठुलो क्षति बेहोर्नु परेको जानकारहरु बताउँछन् ।

कार्यक्रम विफल भएपछि आयोजक नेपाल विद्यूत प्राधिकरणले सल्लेरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सघिंय सासंद हेम कुमार राई सुरविरले विकास विरोधी तत्वहरुले जनतालाई उत्तेजित पार्दा घटना हुन पुगेको आरोप लगाउँनुभएको छ । उद्धघाटन पश्चात २ बर्ष भित्र जिल्लाको सबै क्षेत्रमा ग्रामिण विद्युतीकरण विस्तार गर्ने योजना भएपनि विकासमा राजनिति हाबी हुदाँ यस्तो स्थिती सृजना भएको सासंद राईको दाबी छ । जनतालाई गलत सन्देश प्रभाह गरि उत्तेजित बनाउँदा ठुलो क्षति भएको सासंद राईको भनाई छ ।

तिङलाबासीको माग प्रति आफुहरु सकारात्मक भएपनि केहि जनप्रतिनिधिहरुले विकासमा राजनिति गर्दा घटना भएको उहाँको दाबी छ ।

@solu fm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय