भक्तपुर । शिक्षक सेवा आयोगले अन्ततः अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गरेको छ । परीक्षा आगामी चैत २३ गते शुक्रवार हुने भएको छ । आयोगले शिक्षा ऐनको नवौं संशोधन अनुसार परिमार्जित विज्ञापनका लागि परीक्षाको मिति तय गरेको हो ।

आयोगले यसअघि पनि पटक–पटक परीक्षाको मिति तय गरेपनि स्थगित हुँदै आएको थियो । आयोगले केहि दिन अघि परीक्षाका लागि फारम बुझाएका मध्ये अपुग कागजात बुझाएका परीक्षार्थीहरुलाई कागजात बुझाउने अवसर दिएको थियो ।

परीक्षा दिने उम्मेदवारहरुको टुंगो लागेसँगै आयोगले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गरेको हो । आयोगका प्रशासकिय प्रमुख डा. तुली थपलियाले एजुकेशन पाटी डटकमसँग कुराकानी गर्दै चैत अगाडी नै परीक्षाको मिति तय गर्ने बताएका थिए । नभन्दै आयोगले फागुन पहिलो हप्ता नै परीक्षाको मिति तय गरेको हो ।

आयोगले आफ्नो वेवसाइटमा परीक्षामा सहभागी हुनपाउने शिक्षकहरुको नामावली प्रकाशित गरिसकेको छ । परीक्षा केन्द्र र प्रवेशपत्र वितरण सम्बन्धमा भने छुट्टै सूचना प्रकाशन गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय