सगरमाथा दिवस (एभरेष्ट डे) मे २९ लाई लक्षित गरि आरोही संघ नेपाल अमेरिकाले नेपाल पर्यटन वर्ष २०२० लाई प्रचार प्रचार गर्ने उद्देश्यका साथ सांस्कृतिक नृत्य हुने भएको छ ।

बार्षिक रुपमा संघले एभरेष्ट डेको अवसरमा विविध कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनुभयो । यस बर्ष पर्यटन वर्ष २०२० को प्रचार स्वरुप सांस्कृतिक कार्यक्रम गर्न लागेको शेर्पाले जानकारी दिनुभयो ।

विश्वको अग्लो हिमाल सगरमाथाको पहिलो पटक आरोहण गर्नु हुने स्वागिर्य तेन्जिङ नोर्गे शेर्पाको सम्जनामा यो दिवस मनाउने गर्छ यसै दिन पहिलो पटक सगरमाथाको चुचुरोमा स्वा. तेन्जिङ नोर्गे शेर्पा र स्वा. एडमन हिल्लरीले पाइला टेकेका थिए । यसै दिनबाट हिमाल आरोहणको सुरुवात भएको थियोएभरेष्ट डेलाई सफल पार्न संघ लागि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय