५ अक्टोबर २०२५ सोउल, पहिचान र सहअस्तित्वका लागि सम्पूर्ण शेर्पा हरू एक हौँ शेर्पा सङ्घ दक्षिण कोरियाको छैटौँ महाधिवेशन सफल पारौँ भन्ने नाराका साथ छैटौँ महाधिवेशन खुल्ला सत्र सम्पन्न भएको छ ।

जनजाति महासङ्घ कोरियाको अध्यक्ष विशन राईको प्रमुख आतिथ्यता सम्पन्न छैटौँ महाधिवेशन खुल्ला सत्रमा दक्षिण कोरियाको NCC, जातीय सस्था, क्षेत्रीय सस्था, राजनीतिक प्रवास सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरू, शेर्पा सङ्घ दक्षिण कोरियाको सल्लाहकारहरू, आजीवन सदस्य, केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो ।

शेर्पा सङ्घ दक्षिण कोरियाको छैटौँ महाधिवेशन बाट नयाँ कार्यसमिति चयन गर्ने बन्दै संस्थाको सल्लाहकार युगेल तेन्डुप शेर्पाको संयोजकत्व मा पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो तर अन्तिम समयमा विविध कारणवश बन्दै महाधिवेशन बन्दसत्र केही समयको लागि रोकिएको जानकारी दिएको छ । संयोजक शेर्पाले छट्टै महाधिवेशन बन्दसत्रको मिति घोषणा हुने र नयाँ कार्यसमिति चयन हुने हिमाली सन्देशलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय