जाजरकोट : भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो। स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनलाई अरिंगालले टोकेको थियो। अन्य साथीले भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उनीमाथि अरिङ्गाल खनिएर टोकेका थिए। गम्भीर बिरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो। उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको स्थानीय निर्मित प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिए ।
-Thakhabar
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh