सोलुखुम्ब, फागुन ८ सोलुखुम्बुमा वेपत्ता ३ मध्ये एक व्यक्तिको शव भेटिएको छ । अन्य दुई बालबालिका हराईरहेका छन् । खुम्बुपासाङल्हमू गाउँपालिका ३ का मिङमार याङजी शेर्पाको शव दुधकोशी नदिको किनारमा भेटिएको हो । शेर्पाको शवलाई सोमबार दिउँसो भेटेको प्रहरीले जनाएको छ ।

सोही दिन विहान नाम्चे होटलबाट शेर्पाले हिमालय होस्टलमा राखिएका छोराछोरीलाई लिएर फर्केपनि घर नपुगेपछि खोजी शुरु गरिएको थियो । शेर्पाको शवलाई बुधबार विहान पोष्टर्माटमका लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

मृतक शेर्पा आमा हुन् भने उनका ६ बर्षिय छोरा र ११ बर्षिय छोरी वेपत्ता रहेका छन् । खोला किनारामा बालबालिकाको जुत्ताचप्पल र कपडा भेटिएपनि बालबालिका भेटिएको छैन् । घटना शंकास्पद रहेकाले बालबालिकाको खोजी कार्य भईरहेको छ भने अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

Himal FM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय