Himali sandeshनेकपा माओवादी केन्द्रले नेकपा एमालेसंग पार्टी एकीकरण वा चुनावी तालमेलमा जाने निर्णय गरेको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज झण्डै ६ घण्टा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । आसन्न संघ र प्रदेशसभा निर्वाचन अघिनै दुई बाम घटकबीच एकता गर्ने गरी तयारी अघि बढाउने निर्णय भएको सो पार्टीका प्रवक्ता पम्फा भुषालले बताउनुभयो । एमालेसंगको एकता वा चुनावी तालमेलको बिषयमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिईएको छ ।

मुलुकको आवश्यकता र बृहत्त बाममोर्चाको अवधारणालाई सार्थक तुल्याउन मुख्य २ बाम घटकबीच एकता गर्ने निर्णयमा माओवादी केन्द्र पुगेको हो । आजको बैठकमा बोल्ने अधिकांश सदस्यले मुलुकको राजनैतिक गतिरोध अन्त्यका लागी कम्युनिष्ट शक्तिहरुको एकतामा जोड दिदै अगुवाईका लागी पार्टी नेतृत्वले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए । दुवै बिषयमा दुई दलबीच बृहत्त छलफल गरी केही दिन भित्रै ठोस निर्णयमा पुग्नुपर्नेमा सदस्यहरुको जोड रहेको प्रबक्ता भुषलले जानकारी दिनुभयो । बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेद्वार टुङ्गो लगाउने बिषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

Source:radio kantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय