काठमाडौँ, आषाढ २० । यस बर्ष एस इइ दिएर बसेका विद्यार्थीका लागि पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोही डोमा शेर्पा र शेर्पा फर चेन्जले संयुक्त रुपमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
अभिमुखिकरण कार्यक्रम आउने २३ गते शनिवार हाइभ लन्च केएल टावार चुच्चेपाटीमा गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
एसइइ दिएर बसेका विद्यर्थाीहरु कुन विषय लिएर अध्ययन गर्ने भन्ने बारेमा अन्योल हुने भएकोले विषयबस्तुको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गर्न लागेको आयोजक शेर्पा फर चेन्चकी कार्यक्रम संयोजक छिरीङ निमा शेर्पाले जानकारी दिइन । विभिन्न विषयमा विज्ञता हासिल गरेका अनुभवि प्रशिक्षकहरुबाट अभिमुखिकरण गराउन लागेको उनले बताइन ।
प्रया नेपालमा विद्यार्थीहरुले एसइइ दिएपछि कुन विषय अध्ययन गर्ने भन्ने बारेमा जानकारी नहुने र विषयबस्तुको बारेमा राम्रो ज्ञान नभएकै कारण विद्यार्थीहरुले प्लस टु सकाएपछि अन्योलमा हुने गर्छ यसलाई न्युनिकरण गर्नका लागि अभिमुखिकरण कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएका छन ।
कार्यक्रम शनिवार विहान ९ः३० देखि दिउसो १२ बजेसम्म हुनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh