ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नं-६ मा अवस्थित उग्रेन छोलिङ गुम्बाको प्राङ्गणमा नवनिर्मित बोधी चैत्य बौद्धको उद्घाटन कार्य सम्पन भएको छ। मोलुङ गाउँपालिका भित्रकै एक मात्र बौद्धको उद्घाटन किल्खोरदिङ साङ्दो पलोरी गुम्बाका प्रमुख लामा तेन्जिङ राङ्डोल रिन्पोछेको प्रमुख अतिथ्यता एवम् संघीय प्रतिनिधि सभा ओखलढुंगाका माननीय संसद यज्ञराज सुनुवारको विशेष अतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको जनाइएको छ। अन्य क्षेत्रमाहरुमा धार्मिक स्थलहरु निर्माण सिमित मात्रामा स्रोत हुँदा पनि आर्थिक संकलनबाटै अनेकौं ठाउँमा गुम्बा तथा बौद्धहरु निर्माण भएको देखेर आफुहरुले पनि 2073 साल फल्गुण महिनामा बैठक बसी कार्यसमिति गठन गरि काम अगाडि बढाइएको बोधी चैत्य बौद्ध निर्माण तथा संरक्षण समितिका सचीव गेल्जे शेर्पा बताउनुभयो।उहाँ अनुसार सोही बैठकको निर्णय अनुसार नै काम र जिम्मेवारी सम्हालेर सबै ठाउमा आर्थिक सहयोग संकलन गरेको समेत बताइएको छ। आर्थिक संकलन कार्यमा सोलुखुम्बु,रामेछाप,खोटाङ र ओखलढुंगाका विभिन्न पालिकाका सहयोगी मनहरुले सहयोग गरेको जनाइएको छ। बोधी चैत्य बौद्ध निर्माण २२ लाख ५० हजारको लागतमा निर्माण सम्पन्न भएको बताइएको छ।बौद्ध निर्माणका लागि१४ लाख बराबरको आर्थिक संकलन भएको समेत सचीवले बताइएको छ।

2562औं बुद्ध जयन्तीको पवन अवसरमा बोधी चैत्य बौद्धको उद्घाटन भएको हो। कार्यक्रममा संघीय प्रतिनिधि सभा ओखलढुंगाका माननीय संसद यज्ञराज सुनुवारले ओखलढुंगाको बिकास गर्ने काम आफ्नो काँधमा भएकोले सबैलाई ढुक्क हुन आग्रह समेत गर्नुभएको जनाइएको छ। संसद सुनुवारले अबको दिनमा धार्मिक तथा पर्यटकीय स्थलहरुको लागि अवश्यकताको आधारमा बजेट विनियोजन गर्ने उल्लेख गर्नुभयो।कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य जीबी खड्का,पुर्ब माननीय संसद रामहरि खतिवडा,नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीप कुमार सुनुवार नेपाली कांग्रेसका नेता डिल्ली खनाल,चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी लगायतले मन्तव्य राखेका थियो।ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिकाको एक मात्र बौद्ध स्थापन गर्न सहयोग गर्नुहुने सबै चन्दादाताहरुलाई बोधी चैत्य निर्माण एवम् संरक्षण समितिका अध्यक्ष आङ साङ्गे शेर्पाले सबैलाई धन्यवाद ज्ञापन गर्दै बोधी चैत्य बौद्ध निर्माणका लागि जसरी अतुलनीय सहयोग गर्नुभयो,त्यसरी नै सबै अब निर्माण हुन लागेका सबै बौद्ध गुम्बाका लागि आफुले सक्दो सहयोग गर्म समेत अपिल गर्नुभयो।बोधी चैत्य बौद्ध निर्माणमा सहयोग गर्नुहुने सहयोगी चन्दादाताहरुलाई सम्मान पत्र सहित नगद रु-५००० भन्दा माथी सहयोग गर्ने चन्दादाताहरूको नामवाली शिलालेखमा लेखिएको बताउनुभयो।कार्यक्रमलाई भिजन एफएम 90.5 mhz मार्फत प्रत्यक्ष प्रसारण भएको जनाइएको छ।
