हिमाली सन्देश – कार्तिक २७,रामेछाप ।प्रदेश नं. ३ र १ काे सीमाना रामेछाप र साेलुखुम्बुकाे बीच भागबाट बग्ने लिखु खाेलामा एमभी दुगड ग्रुप र भिजन इनर्जी एण्ड पावर प्रालि द्वारा करिब कुल २०७.५० मेगावाट फरकफरक क्षमताको चारवटा जलविद्युत अायाेजना निर्माण गर्ने भएको छ ।

राजधानीमा भएको लिखु खाेला हाइड्रोपावर अायाेजनाकाे एक कार्यक्रम गर्दै एमभी दुगड ग्रुपले २०७४ बैशाख ७ गते ऊर्जामन्त्री जनार्दन शर्मा ,ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङ्गले संयुक्तरूपमा लिखु १,२ र ए काे शिलालेख अनावर गरेको छ भने भिजन इनर्जी एण्ड पावर प्रालिले अपर लिखु रन अफ रिभर नुप्छे लिखु जलविद्युत अायाेजनाकाे सर्वे पूरा गरि वातावरणीय प्रभाव मुल्यांकन (ईअाइए)काे काम शुरूवात गरिएको छ।

अौद्याेगिक व्यवसायी कम्पनी दुगड ग्रुपले यो नै जलविद्युत क्षेत्रकाे पहिलो पटक लगानी रहेको छ । लिखु १,२ र ए अायाेजनाकाे कुल १५७ मेगावाट जलविद्युत निर्माण गर्न अनुमानित २१ अर्ब रूपैयाँ खर्च लाग्नेछ । साे अायाेजना पुरा गर्न एमभी दुगड ग्रुपले पान हिमालय इनर्जी प्रालि,ग्लोबल हाइड्रोपावर एसाेसियट्स प्रालि र नुम्बुर हिमालय हाइड्रोपावर प्रालि गरि तीनवटा सहायक कम्पनीहरू स्थापना गरिएको छन् ।

दुगड ग्रुपको अध्यक्ष मोतिलाल दुगड हुन् । लिखु १,२ र ए उत्पादन भएको ३५ बर्ष सम्म राष्ट्रिय प्रसारण लाइनमा जोडेर अाफूले सञ्चालन गर्ने दुगड ग्रुपले सम्झौता गरेको छ त्यस पछि उक्त जलविद्युत नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । आयोजना निर्माणको काम सन २०२० मा सकिने छ ।

उर्जा मन्त्रालय, विद्युत् विकास विभागका अनुसार उत्पादन अनुमतिपत्र पाउनु भन्दा पहिले विद्युत् जडान सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका कागजात पेस गर्नुपर्ने भएकाले पनि केही प्रवर्द्धकले मात्रै त्यस्तो अनुमतिपत्र लिएको जानकारी दिनु भयो। अनुमतिपत्र लिने वित्तिकै ३५ वर्षको गणना सुरु हुने भएकाले सबै प्रक्रिया पुर्याउनु पर्ने पनि जानकारी दिए ।

हिमगांग नदी र लखु नदीको संगम स्थाल उमतिर्थमा ड्याम साइट बनाउने ,टाक्सम र फालाटे खाेला जाेड्ने स्थान बेर्पिटकमा एउटा इडिड्डा पाेइन्ट र देले खाेलाकाे दुलेगैरमा अर्को इडिड्ड पाेइन्ट बनाउने र दाेबन डाडमा रिजर्भ ट्याङ्की बनाएर अाेडरे खाेला र लिखु नदी जाेड्ने दाेबन खाेलामा पावर हाउस स्थापन गरि पान हिमालय इनर्जी प्रालिले ७७ मेगावाटकाे लिखु १ जालविद्युत उत्पादन गर्ने छ।

बल्दिङ्गकाे पुछार लिखु १ काे पावर हाउस भन्द केही तला ड्याम साइट बनाएर थल्चेमा रिजर्भ ट्याङ्की बनाउने र पकानासमा पावर हाउस निर्माण गरि ग्लाेबल हाइड्रोपावर एसोसिट्स प्रालिले ५१ मेगावाटकाे लिखु २ जाल विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

लिखु २ काे पावर हाउस भन्द केही ताल ठाडो खाेला र लिखुकाे संगम स्थलमा ड्यम साइड बनाउने र कुम्बुकाे फेदमा रिजर्भ ट्याङ्की निर्माण गरि काेराेन्दाेमा पावर हाउस निर्माण गरि नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले २९ मेगवाट लिखु ए जाल विद्युत उत्पादन गरिने भएकाे छ ।

त्यस्तै गरि लिखुकाे किनार समुन्द्री सतह देखि करिब ३३३८ छागे खर्कामा लगभग २३ मिटरको एउटा ड्याम साईट र हिमागांग नदीको किनार समुन्द्र सतह देखि करिब ३३३० मिटरको उचाइ घाेडामा लगभग २५ मिटरको एउटा ड्याम साईट निर्माण गरि सुरूङ्ग मार्ग मार्फत लाछेवारकाे काेयामटरमा मिसाएर रिजर्भ ट्याङ्की निर्माण गरि रागमकाे फेदीमा पवार हाउस निर्माण गरि भिजन इनर्जी एण्ड पावर प्रालिले करिब ५७.५० मेगावाटको रन अफ रिभर नुप्छे लिखु जलविद्युत उत्पादन गर्नेछ ।

अर्थिक लगानी
अायाेजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७२ कार्तिक १६ गते विद्युत उत्पादन अनुमति प्राप्त लिखु १ ,२ र ए हाइड्रोइलेक्ट्रिक आयोजनामा ७७ मेगावाटको लिखु १ मा प्राइम कमर्शियल बैंकको अगुवाईमा एनआईसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड , कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी सम्झौता गरेका छन् ।

यस्तै ५१ मेगावाटको लिखु २ मा माछापुच्छ्रे बैंकको अगुवाईमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी गर्ने सम्झौता भएको अध्यक्ष दुगडकाे भनाइ छ ।

लिखु ए काे लागि लक्ष्मी बैंकको अगुवाइ तथा सिद्धार्थ बैंकको सहअगुवाइमा पाँच वटा बैंक मिलेर लगानी गर्ने भएका छन् । बैंकहरुले आयोजना लागतको ७५ प्रतिशत अर्थात तीन अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । २५ प्रतिशत संस्थापकहरुले लगानी गर्ने छन् ।आयोजनाका लागि लक्ष्मी बैंकले ९६ करोड ७० लाख, सिद्धार्थले ८७ करोड, सेञ्चुरी बैंकले ७२ करोड ४० लाख, सिटिजन्स बैंक इन्टरनेशनलले ४८ करोड ३० लाख र बैंक अफ काठमाण्ठू लुम्बिनीले २९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । आयोजनाबाट २४.२ मेगावाट विद्युत उत्पादन हुने छ । बैंक र आयोजनाबीच ऋण सम्झौतासमेत भएको छ । अयाेजनकाे अनुमानित निर्माण लागत ४ अर्ब ४४ करोड रहेको छ। आयोजनाबाट झन्डै १३५.६८ गेगावाट आवर विद्युत बार्षिक रुपमा उत्पादन हुने छ ।

विद्युत उत्पादन गर्ने अनुमति पाइसकेको आयोजना निर्माण गर्ने पान हिमालय इनर्जी प्रालि ,ग्लोबल हाइड्रोपावर एसोसिएसन प्रालि र नुम्बुर हिमालय इनर्जी प्रालि दुगड ग्रुपले प्रबर्धन गरेको कम्पनी हो । तीनवटै सहायक कम्पनीको विद्युत खरिद बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसंग २०७१ फाल्गुन २२ गते विद्युत खरिद सम्झौता (पिपिए) समेत भएको छ ।

ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागका अनुसार यसै वर्षभित्र वित्तीय व्यवस्थापन समेत गर्ने गरी ती आयोजनालाई अनुमतिपत्र प्रदान गरिएको हो । आयोजनाको प्रबन्धकले लिखु १,२ र ए तीनवटै आयोजनाको २०७४ साल कार्तिक १५ गते भित्र वित्तीय व्यवस्था मिलाउने भनिएको थियोे ।

त्यस्तै अपर लिखु (रन अफ रिभर नुप्चे लिखु) जलविद्युत आयोजनाकाे शेर खुल्ला भएको छ ।अपर लिखुमा व्यक्तिगत र संस्थागत दुबैले शेर लगाउन पाउने व्यवस्था मिलाएको छ । अपर लिखुमा कम्तीमा एक लाख र बढीमा पचास लाख शेर लगाउन पाउने भएको छ । तर लिखु १,२ र ए काे तुलनामा अपर लिखु निर्माण गर्न बढी खर्चिलो देखिन्छ ।

सडक मर्ग
अपर लिखु , लिखु २ र ए काे ड्याम्म साइड र पावर हाउसको लागि लिखुकाे किनारै किनार हुने गरि एउटा सडक र रिजर्भ ट्याङ्की ,इडिट पाेइन्टकाे लागि रामेछापको तर्फबाट लिखु भन्दा केही माथिबाट कुम्बुकास्थलीकाे फेद, पागकाे फेदी, हुन्दै थप्रा बाट एउटा सडक हुनेछ त्यस्तै गरि पकानास , चरीकाे फेदी हुन्दै बच्छी बाट एउटा सडक हुनेछ ।

त्यस्तै लिखु १ काे लागि भकाञ्जेकाे सकर डाड ,ठाेक्चीपुर ,दाेबनडाड ,पताल ,दुदुले हुन्दै ठक्साम खाेलबाट एउटा सडक जने छ । त्यस्तै गरि अपर लिखुकाे लागि रागम ,नुप्छा ,छागे ,लाछेवार देखि घोण्ड सम्म सडक सञ्जाल जाेडिने छ।

सडक निर्माणकाे लागि हाल ग्रीनिहल कम्पनी ,एजीएस कम्पनी र मिजार कन्ट्राक्सन प्रालि र अन्य दुई गरि छवटा कन्ट्रक्सनहरूले काम गरिरहेको छ । ठकेदारहरूकाे गत बर्षा पनि दुगड ग्रुपले समयमा काम गरेको रकम भुक्तानी नगर्दा समस्य उत्पान्न भएको गुनासो रहेको छन।

जग्गा सम्बन्धमा
सर्वसाधारणको जग्गा खरिदबिक्रीमा एकरूपता भेटिन्दैन । एकै प्रकार जग्गा पनि राेपनीकाे बीस हजार देखि बीस लाख भन्दा माथि पनि दिइएको छ । त्यस्तै गरि जग्गादातबाट जग्गा मिलाउने र किन्नेहरूले धेरै गुण बढी मुल्यांकन गरि कम्पनीलाई बेचेको पाइन्छ । कतिपय कुराहरू कम्पनीको कर्मचारीले जनता सामु खुल्लास्ता पर्न चाहेको छैन ।

प्रत्येक्ष रूपमा प्रभावित क्षेत्र
लिखु १ ले साेलुखुम्बुकाे लिखुपिके गाउँपालिक वर्ड नं ५ काे भकाञ्जेलाई प्रभावित हुनेछ भने अपर लिखु र लिखु २ ले रामेछापको उमाकुण्ड गाउँपालिक वार्ड नं १ गुम्देल र लिखु ए ले रामेछापको उमाकुण्ड गाउँपालिक वार्ड नं २ बम्तीभण्डार, ३ कुम्बुकास्थली क्षेत्र प्रभावित हुनेछ । अपर लिखु (रन अफ रिभर नुप्चे लिखु) र लिखु २ गाैरीशंङ्कार संरक्षण क्षेत्र भित्र पर्दछ ।

राजनीति स्थिति
सबै कम्पनी र व्यक्तिको राजनीतिमा अा अाफ्नो अस्था हुने भएकोले लिखु १,२ र ए कंग्रेस निकाट रहेको देखिन्छ भने अपर लिखु मअाेवादी निकट रहेको छ । कर्मचारी नियुक्त देखि हरेक क्षेत्रमा बढी पार्टीगत मान्यता दिइने गरेको तथ्य पाइन्छ ।

अौद्योगिक कम्पनी दुगड ग्रुपले अागमी १० बर्षभित्रमा विदेशी लगानीमा ५ सय मेगावाट जलविद्युत अायाेजना बनाई विद्युत उत्पादन गर्ने लक्ष्य रहेको एमभी दुगड ग्रुपको अध्यक्षले दिनु बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय