–निनाम लोवात्ती, नेपालमा अझै पनि धेरै हिम शिखरहरु स्वदेशी तथा विदेशी पर्वतारोहणका निषेध गरिएका छन् । त्यसरी नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्न निषेधित गरिएका केही हिमालमध्येको एक हो, ‘–माछापुच्छ्रे हिमाल ।’ जुन हिमालको उचाई छ हजार नौ सय त्रियानब्बे (६,९९३) मिटर रहेको छ । माछापुच्छ्र्रे हिमाल हालको नेपालको प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे्र गाउँपालिकामा पर्छ भने, सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल+म्याटर्नहर्न ! भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले ‘कतासुँ क्लिको’ (विकिपेडियाअनुसार) भनी पुकार्छन् । नेपाली भाषामा भने ‘माछापुच्छ्रे्र’ भई हाल्यो ।

के साँच्चै सुरुदेखि नै माछापुच्छ्र्रे हिमाल आरोहण गर्न नेपाल सरकारले निषेधित गरेको थियो ? यो विषयमा हामीले आम जनताबीच व्यापक रुपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ । किनभने इतिहास हेर्दा÷पढ्दा सर्व प्रथम सन् १९५६ मा माछापुच्छ्र्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरुले गरेका थिए । संभवतः उनीहरु बेलायती टोली रहेका थिए । स्रोतः डाक्टर हर्क गुरुङद्धारा लिखित विषय विविध पाना–८६ । सो टोलीले बाटो खोज्दै जानेक्रम (माछापुच्छ्र्रे आधार शिविर जाने बाटो) मा सो वेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यसैकारण सो माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरे, बेलायती टोलीले ।

गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे्र हिमाल आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्र्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाण्डौस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफुले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाईम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आफुले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ भनी गुरुङले आफ्नो लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।

हुन पनि सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामाकरण भएका चुलीहरुको नेपाली नामाकरण गर्ने समितिको संयोजक गुरुङ स्वयम् रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा पुनः लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीहरुको नेपाली नामाकरण गर्ने समितिको संयोजकको रुपमा म मोदीखोलाका गाउँहरु घुमेँ । हिमचुलीहरुको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’

सन् १९५६ मा माछापुच्छ्रे हिमाल चढ्ने बाटो खोज्न गएकै टोलीले सन् १९५७ मा माछापुच्छ्रे आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्र्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाण्डौस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आपूmले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाईम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ साँच्चै गुरुङले भनेझँै एकजना मानिसको चाहनाले त्यो वेलाको नियमलाई प्रभावित गरेको देखिन्छ । जुन सरासर गलत नजीरको रुपमा स्थापित भयो । नभएदेखि हालसम्म सगरमाथा हिमालपछि संभवतः माछापुच्छ्रे हिमालमा धेरै संख्यामा पर्वतारोहीहरु ओइरिने थिए कि ?

त्यसो त माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरुको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरुले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नु पर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुभ्mनु पर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्क संगत र न्याय संगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यवहारिक नै हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाईको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।

पछिल्लोपटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने/खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आप्mनो राय÷सुझाव दिई सकेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पूर्ण बहादुर शाहीले बताएका छन् । तर, पनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने÷नदिने अधिकार केन्द्रीय सरकारलाई रहेको बताउँछन्, प्रवक्ता शाही ।
नेपाली समाज त्यो वेला (लगभग ७० वर्षअघिको) को भन्दा आज धेरै फरक सोच्ने र बुज्ने भई सकेका छन् । अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखी राख्नु ठीक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीहरुले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अझै पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल पवित्र र सुन्दर छ !’ भन्लान् ।

त्यसैले अब केन्द्रीय सरकारले जति सक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीहरुका लागि खुल्ला गरेको घोषणा गरोस् । वास्तवमा माछापुच्छ्रे हिमालले नै गण्डकी प्रदेशको विकासको ढोका खोल्न सक्ने संभावना देखिन्छ । कसैले स्वीकार गरे पनि नगरे पनि धेरै अर्थले, धेरै कारणले माछापुच्छ्रे हिमालले गण्डकी प्रदेशको विकासको ढोका खोल्ने देखिन्छ । केही कारणहरु भन्नै पर्दा माछापुच्छ्रे अन्य हिमाल हेरी केही सुगम स्थानमा छ । आकर्षक रहेको छ । अनि अति सुन्दर पनि छ । उचाई पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ । सबैभन्दा महत्वपूर्ण भनेको यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन छ !? यातायातको दृष्टिले पनि सुगम नै रहेको छ । गाउँ–वस्तीबाट पनि नजिक रहेको छ ।

त्यहाँ अन्नपूर्ण संरक्षण आयोजनाले विगत लामो समयदेखि जैविक विविधताको संरक्षण गर्दै आएको पनि छ । त्यस्तै वन–जंगल, वातावरण, जंगली पशु–पंक्षी, स्थानीय आदिवासी र अन्य जातजातिको भाषा, भेषभुषा, संस्कार, संस्कृति, रहनसहन आदिको पनि संरक्षण र सम्वद्र्यन पनि गर्दै आएको छ । बाटोघाटो बनाएको छ । त्यस्तै बिग्रेको–भत्केको र पुरानो बाटोघाटोहरु मर्मत–सम्भार पनि गर्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय