प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकी मलुकका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र संरक्षणका लागि प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ ।
ओमनको मस्कटमा आयोजित एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको क्षेत्रीय सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको हो ।

 

कार्यक्रममा सबै राजदूतले त्यस क्षेत्रमा कार्यरत नेपाली कामदारले भोग्नुपरेको समस्याबारे विफ्रिङ गरेका थिए । प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिँदै सो विषयमा सरकार समेत गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो । सम्मेलनमा श्रम सम्झौता गर्न बाँकी मुलुकसँग सम्झौता गर्न, नेपाललाई पर्यटन र विदेशी लगानी बढाउने जानकारी गराउन राजदूतहरुले भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो ।
साथै गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच समन्वयको आवश्यकता रहेकामा सहभागी सबैले जोड दिएका थिए । सम्मेलनमा सहभागी राजदूतले दूतावासलाई सुविधा सम्पन्न बनाउनुका साथै स्थानीय भाषा र कानून जान्ने स्थानीय कर्मचारी राख्नुपर्नेमा तथा बजेट र जनशक्तिको कमीलाई परिपूति गर्नुपर्ने लगायत विषयमा जोड दिएका थिए ।
खाडी क्षेत्रका विभिन्न मुलुकमा हाल वैधानिक रुपमा श्रम स्वीकृति लिएर काम गर्ने करिब १५ लाख नेपाली कामदार छन् भने अवैधानिक रुपमा पनि हजारौँको संख्यामा नेपाली कामदार कार्यरत छन् ।

श्रोत इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय