खिजिदेम्बा, प्रदेश नं-१ ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिकामा नेकपाले शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न गरेको छ। नेपाली हिन्दुहरुको महान चाड विजय दशमी तथा शुभ दिपावलीको पुनित अवसरमा नेपाल कम्निष्ट पार्टी नेकापले खिजिदेम्बामा पहिलोपटक शुभकामना आदानप्रदान कार्यक्रम तय गरेको हो। नेकपा एमाले र माओवादी पार्टी दुई बीच एकता भएको लामो समयपछि आज खिजिदेम्बामा दुबै पार्टी बीच शुभकामना आदानप्रदान कार्यक्रम मार्फत जिल्ला स्तरीय कमिटी र पालिका स्तरीय कमिटीबीच आज शुभकामना आदानप्रदान कार्यक्रम मार्फत भेटघाट भएको दुबै पार्टी नेकपाले बताइएको छ।नेकाप कार्यदलका सदस्य कोप बहादुर सुनुवार अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा खिजिदेम्बा गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङ,नेकपाका सदस्य लाक्पा गेल्बु शेर्पा,चित्र प्रसाद पौडेल,प्रेम बहादुर बस्नेत ,तिलक गुरुङ,सुदिप कुमार सुनुवार,खिजिदेम्बा ६ का वडा अध्यक्ष छत्र बहादुर तामाङ,खिजिदेम्बा गाउँपालिका वडा नं-४ का वडा अध्यक्ष कमल प्रसाद न्यौपाने,पत्रकार पुर्णप्रसाद न्यौपाने,कमल कृष्ण तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पत्रकार पुर्ण प्रसाद न्यौपानेले खिजिदेम्बाको बिकास र समृद्धिको लागि आफू संचारकर्मी भएको हैसियतले सदैव प्रतिपक्षको भुमिका निर्वाह गरि सदैव खबरदारी गर्दै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै सबैलाई सहकार्य र समन्वय गर्न अनुरोध समेत गर्नुभयो। कार्यक्रममा नेकपाका गाउँपालिका स्तरीय सदस्य,जिल्ला कमिटी सदस्य,संचारकर्मी,बुद्धिजीवी,शिक्षक,सुरक्षाकर्मी,स्थानीय बसीहरुको उपस्थिति रहेकोे थियो।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh