शेरसाङ्गे शेर्पा खिजीदेम्बा – आज बिहान 5:00 बजे खिजी फलाटे बजारमा श्री जनज्योति आधारभूत विद्यालय निभारेका शिक्षक बुंगाराम सनुवारको सुंगुरको खोर नजिक जंगली बंदेल देखा परेको स्थानीयले बताएका छन् । बंदेल खोरभित्र छिर्न खोज्दा कुकुरको छाऊरा भूकेपछी बुंगाराम सुनुवारकी पत्नी पुष्पदेवी सुनुवारले सबैमा हल्ला फिजाउदै गर्दा बजार वरपरका मानिसहरू बंदेल हेर्न जम्मा भएका थिए । मानिसको भिड देखेर नडराउने बंदेल निकै बेर पछी आफ्नै सुरमा जंगल पसेको प्रत्यक्षदर्शी राम प्रसाद घिमिरेले बताइएको छ। घिमिरेका अनुसार बंदेल अन्दाजी 35 धर्नी सुंगुर जतिको ठूलो भएको बताए। यतिबेला खिजी देम्बा गाउंपालिकाको वडा नं-5 लाकाठ्यामकी दालकुमारी सुनुवारको सुंगुरले जंगली बंदेलको दस वटा पाठाहरू जन्माएकोमा एक वटा पाठा मरेको र बांकी नौ वटा पाठाहरू स्वास्थ रहेको दाल कुमारी सुनुवारले बताएकी छिन् । यस्तै सोहि ठाउं निवाशी पार्वती सुनुवारले आफ्नो सुंगुरले पनि एक वटा जंगली बंदेल जन्माएको बताएकी छिन् । सुनुवारले बंदेलले आफ्नो एक वटा गाई र एकवटा सुंगुर माऊलाई मारेको र बंदेलको आक्रमण बाट आफ्नो अर्को एक वटा गर्ववती सुंगुरको गर्व पतन भएको बताइन् ।गर्भ पतन भएको सुंगुरले 10 वटा पाठा तुहाएको उनले गुनासो गरिन।
करिव तिन बर्ष अघिदेखी खिजी देम्बा गाउं पालीकाको गर्सिठ्याम , बेले , सुन्दर टोल खिजी देम्बा -8 को भूसिङ्गा लगायत बिभिन्न ठाउंहरूमा जंगली बंदेलको आक्रमण बढेको बताइएको छ । यसरी बंदेलको आक्रमणबाट किसानहरूको बालि नाली क्षती भइरहेको स्थानियहरूले बताइएको छ।जंगली बंदेलले आलु,मकै लगायतका खेतीपाती नष्ट गर्दै आएको छ। बदेल विशेष गरि दिउँसोको समयमा चरणमा गुफा भन्दा बाहिर जाने र बेलुकी स्थानीयहरुको घर गोठ र पशुचौपायाहरुलाई आक्रमण गर्ने पीडित पार्वती सुनुवारले दुख पोखिन्। यसरी पीडित स्थानीयहरुले गुनासो व्यक्त गर्दा पनि सम्बन्धित निकायले यो विषयमा चासो देखाएको छैन।दुई दिनअघि मात्र खिजी देम्बाको सुन्दर टोल , तित्का लगायतका टोलहरूमा बाघको आतंक बढेको प्रत्यक्ष दर्शी पार्वती सुनुवारले बताईन् । बाघले स्थानीय कमल कृष्ण तामाङको सोह्र धार्नीको एक वटा खसी , स्थानीय नर बहादुर श्रेष्ठको एक वटा गाई , खिजी देम्बा – 6 को तित्का गाउंमा घरै पिच्छेका सबै कुकुरहरू बाघले मारेर खाएको र यसबाट स्थानीयहरू त्रसित भएको जनाइएको छ। यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ।