सोलुखुम्बु : दिङवोचेको शिरानमा अवस्थित एसियाको सबै भन्दा उच्च स्थानमा रहेको तपोभुमी (hermitage) नाम्खोजाङ गुम्बाको प्राचिन सामान चोरीमा संलग्न रहेको अभियोगमा ८ जनालाई सोलुखुम्बु पाङवोचेका स्थानीय युवाहरुले अभियुक्तहरुलाई दिङ्बोचेबाट ३ जना, फोर्चेबाट ४ थप जना एक जना सकास्पद ब्यक्ति माथि निगरानी रखि पाङ्बोचे र दिङ्बोचेको स्थानीयहरुले गस्ती गर्ने क्रममा उक्त ब्यक्ति आम्फु लाप्चा पास गरि मकालु बरुण क्षेत्र तर्फ भाग्ने प्रयास गरिरहेको अबस्थामा साझ ६:५० मा दिङ्बोछे नजिकै पक्राउ गर्न सफल भइ सोधपुछ गर्दा सोही ब्यक्ति पनि कस्तुरिको बिना ब्यापार ब्यबसायमा सङ्लग्न भएको पुष्टि हुन आएकोले सत्यतथ्य छानबिन गर्नका लागि स्थानीय युवाहरुले दिङ्बोचेबाट रातारात पाङ्बोचे पुर्याइ खुम्बु पसाङ्ल्हमु गा.पा.-४ का वडा अध्यक्ष लक्ष्मण अधिकारी, खुम्जुङ/खुन्देको युवाहरू,नेपाली सेना, देबुचे पोस्टका गेम स्काउट र नेपाल प्रहरीलाई सत्यतथ्य छानबिनका लागि जिम्मा लगाइएको थियो ।


गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो जिमाला, नर्थ फेस टेन्ट १ थान, कम्लब ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो । घटना बारे बिभिन्न अनलाइन मिडियामा तथ्यहीन समाचार प्रकाशन भएकोभन्दै आमाडब्लम युवा क्लब खुम्बु पसाङ्ल्हामु गा.पा.- ४, पाङ्बोचे सदस्य कुङ्ग ग्येसो शेर्पाले हिमाली संदेश लाई जानकारी दिनु भयो

नियन्त्रणमा लिएको मध्ये सोलुखुम्बु महाकुलुङ गाउँपालिका २ बुङ घर भई खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङबोचे बस्ने राजेश राई, भोजपुर ट्याम्केमयु गाउँपालिका घर भई सोलुखुम्बु खुम्बु पासाङल्हमु गाउँपालिका ४ दिंबोचे बस्ने राजेश राई र सोलुखुम्बु माहाकुलुङ गाउँपालिका २ पेल्माङ घर भई खुम्बु पासाङल्हामु गाउँपालिका ४ फोर्चे बस्ने मदन राई लाई सार्बजनिक गर्दै घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताउदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय