प्रथम एकल शेर्पा भाषण प्रतियोगितामा प्रतिस्पर्धी हरुलाइ ३ दिन भाषण तथा उद्घोषण प्रशिक्षण दिइने भएको छ । ड्रिम प्वाईन्ट एजुकेशनल एण्ड टे«निङ इन्स्टिच्यूट र सम्भव छ नेपालको सहकार्यमा प्रथम एकल शेर्पा भाषण प्रतियोगीता हुने भएको छ । गुञ्जिनेछन् परिवर्तनका आवाजहरु भन्ने नारा सहित परिवर्तन, विकास र समृद्धिमा लक्षित समृध्दिlका लागि युवा भन्ने विषयवस्तुमा प्रथम एकल शेर्पा भाषण प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नुरु शेर्पा जानकारी दिए । हामिले यो पहिलो season 1 बाट सुरु गर्छौ समाज निर्माण र नेतृत्व बिकास गर्न समाजमा एउटा कुशल बक्ता बन्नै पर्ने हुन्छ अहिलेको समय प्रभाबशाली बोल्न जान्नेहरुको हातमा छ त्येसैले शेर्पा समुदायमा रहेको युवा बर्गलाइ केन्द्रित यो कार्यक्रम आयोजना गर्न लगिएको हो जुनसुकै परिवर्तनमा प्रत्यक्ष वा परोक्ष रूपमा युवा शक्तिको आवश्यकता रहेको हुन्छ ।

समाजमा हुने राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवं वातावरणीय विकृति र विसंगति निमिट्यान्न पार्न युवाशक्तिको ठूलो आवश्यकता रहेको छ । विकास निर्माणका विभिन्न साधनहरूमध्ये मानव संसाधन एक मात्र जीवन्त साधन हो । मानव संसाधन अन्तर्गत बाल, बृद्ध र युवा सबै वर्गका मानिसहरू पर्दछन् । अन्य वर्गको तुलनामा युवा वर्ग शक्ति र सामथ्र्यको दृष्टिले महत्वपूर्ण मानिन्छ जसरी आजको सानो विरुवा भोलि ठूलो रुख बन्छ र छहारी दिन्छ, त्यसरी नै आजका युवा भोलि राष्ट्रका नेता, प्राध्यापक, प्राविधिक वा प्रशासक र आजका युवा भोलि राष्ट्र चलाउने चालक भविष्यको जहाजरुपी देश चलाउने आजको युवा नै हुन त्येसैले युवालाइ नै केन्द्रित गरेर हामिले यो कार्यक्रम आयोजना गर्न लागिएको हो समुदायमा लुकेर रहेको शेर्ला युवा शक्तिलाइ एउटा वक्ताको रुप्मा वककला मार्फत उच्च स्तर सम्म पुग्ने गरि उक्त प्रथम एकाल शेर्पा भाषण प्रतियोगिता गर्न लगेको हो हामिले उक्त प्रतियोगीताबाट ३ उत्कृष्ठ व्यक्ति छनोट गरी राष्ट्रिय स्तरीय प्रतियोगिताहरुमा समावेश गराउने र सामाजिक नेतृत्व विकासमा महत्वपूर्ण भूमिका प्रदान गरिने छौ भने । सबै प्रतिस्पर्धीहरुलाई बैशाख ७, ८ ९ गते तिन दिन बौध्द टुसाल शेर्पा सन्चार समुह नेपालको प्राङ्गण मा प्रदान गर्ने कार्यक्रम आयोजकले जानकारी दिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय