थारु कल्याणकारी सभा,जापानद्वारा कोरोना पिडित रामहरी चौधरीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
लामो समयदेखि निमोनियाका साथै कोरोनाबाट ग्रसित सर्लाहि हरिपुर निबाीसी चौधरीलाइ उपचारमा आर्थिक समस्या भएको खबर प्राप्त भएपछि थारू कल्याणकारी सभा जापानले यस संस्थाका उपाध्यक्ष ओम चौधरीको सहकार्यमा रु २६,००० राहत सहयोग प्रदान गरेको छ । त्यसै गरी थारू कल्याण कारिणी सभा नेपालका केन्द्रिय महामन्त्री प्रेमीलाल चौधरीको सहकार्यमा पर्सा जिल्लाका बिभिन्न गाउॅंहरूमा कोरोनाका कारण रोजगारी गुमाएका मजदुर तथा कोरोना संक्रमित बिरामीहरूलाई थारू कल्याणकारिणी सभा जापानले रू २४,००० राहत सहयोग गरेको छ ।
कोरोना पिडितहरूको लागि कोभिड राहतकोषबाट उठेको पहिलो चरणको सहयोग रकम रू ३५,००० अक्षरेपी पैतिस हजार, यस संस्थाका उपाध्यक्ष पन्चबिर चौधरी, निबर्तमान कोषाध्यक्ष दुर्गैश चौधरी एवम थारू कल्याणकारिणी सभा नेपालका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीको सहकार्यमा था क स दाङ जिल्लाका अध्यक्ष भुवन चौधरीको सक्रियतामा तुल्सीपुर उपमहानगर पालिका वडा नं १४ र १५ तथा घोराही उपमहानगरपालिका वडा नं ९ का जनताहरूलाई प्रतिब्यक्ती २० केजी चामल र १ केजी नुनको दरले ३० घरपरिवारलाई राहत प्रदान गरेको कुरा यस थारू कल्यानकारिणी सभा जापानका कोषा अध्यक्ष हरि चौधरीले जानकारी दिनु भयो । राहत बितरणको कार्य चुस्त र पारदर्शी हिसाबले सहयोग गर्ने था क स दांग देउखर जिल्ला समितीिलगायत राहत कोषमा राहत प्रदान गर्ने थारू कल्याणकारिणी सभा जापानका सम्पुर्ण सदस्यहरूलाई यस संस्थाका अध्यक्ष कनैलाल चौधरीले धन्यबाद ज्ञापन गर्नु भएको छ ।
कोरेना राहात कोष भन्दा पहिले पनि था क स जापानले क्यन्सर पिडित महिलालाई रू २२,०००, बोनम्यारो पिडित बालकलाई जिनियस ह्यान्स गुरुप र था क स जापान को सहकार्यमा रू १२,००० र बिदेशमा कोरोनाका कारण पति गुमाएकी महिला लाई रू १५,००० सहयोग गरिसकेको कुरा पनि यस संस्थाका कोषा अध्यक्ष हरि चौधरीले जानकारी गराउनु भयो । थारू कल्याणकारिणी सभाले सकेसम्म नेपालका हरेक क्षेत्रमा बसोबास गर्ने अप्ठेरोमा परेका थारू समुदायहरूलाई सहयोग गर्दै आएपनि यसको लक्ष्य थारू समुदाय मात्र नभएर अन्य सबै समुदायहरूलाई पनि समेट्ने रहेको थारू कल्याणकारिणी सभा जापानका अध्यक्ष कनैलाल चैाधरीले बताउनुभयो ।