काठमाण्डौ, असार – २ नेपालका आनी (श्रामणेरीका) हरूको एक मात्र बौद्ध संस्था नेपाल बौद्ध लोटस श्रामणेरिका संघको कार्यालय विधिवत् रुपमा आज दक्षिण भारत, नम्डोलिङ्ग गोन्पाका परम श्रद्धेय खेनटुल ग्याङ्खङ रिन्पोछेज्यूको प्रमुख आथित्यमा समुत्घाटन कार्यक्रम सुसम्पन्न भएको छ ।
विहान ११:३० बजे सम्पूर्ण अथितिहरूलाई स्वागत गर्दै, बौद्ध धर्म परम्परा अनुसार मोन्लाम पाठ गरी उत्घाटन कार्यक्रमको शुरुवत गरिएको थियो । श्रमणेरिका संघबाट प्रमुख अतिथि रिन्पोछेज्यूलाई संघको पूजा कक्षामा मण्डल (कुसुम त्रिकाय मण्डल) चढाएको थियो । प्रमुख अतिथिज्यूबाट संस्थाका पदाधिकारीहरुलाई अष्ठमंगल युक्त लगाई संस्थाको उत्तरोत्तर प्रगतिको शुभ कामनाका साथ मोन्लम पाठ गर्नु भयो । उत्घाटन कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष, आचार्य कर्मा रिन्छेन, नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष, श्रद्धेय सेङ्टक टुल्कु रिन्पोछ, गोन्पा÷विहार व्यवस्थापन परिषद्का अध्यक्ष, आचार्य नुर्बु शेर्र्पा लगायत टुल्कु, खेन्पो, लोपोन, लोपोनमा तथा उपसक, उपसिकाहरुको उपस्थिति रहेको थियो ।
यस श्रामणेरिका संघले सागा दावा महोत्सवको शुभावसरमा गत जेठ १३, १४ र १५ गते तीन दिन शाक्यमूनि बुद्धको जन्मभूमि लुम्बिनीमा प्रनिधान (मोन्लम) कार्यक्रम आयोजना गरिएको थियो । अबको दिनमा वार्षिक रुपमा सबैलाई मौसाम अनुकुल हुने गरी लुम्बिनीमा मोन्लाम (प्रनिधान) कार्यक्रम आयोजना गर्ने संघका अध्यक्ष लोपोनमा डोल्मा छिरिङले जनकारी दिनु भयो ।
-mahaguru
