दावा जाङ्बु शेर्पा, (ओखलढुंगा) खेलकुदको माध्यमबाट पर्यटन प्रबद्धन गर्ने लक्ष्यसहित ओखलढुंगा टुरिजम डेभलप्मेनट कमिटीको आयोजनामा ४२ कि.लो. मिटर अल्ट्रा म्याराथन हुने भएको छ फागुन १९ गते बिहीबार बाट दाैड सुरु हुने भएको छ धावन मार्ग खिजी फलाटे बाट सुरु भए चुप्लु भञ्ज्याङ थोले देम्बा ताक्लुङ लामुजे वुलवुले फक्से खुन्दुर्के दोराखार्क ताउर चुप्लु भञ्ज्याङ हुदै खिजी फलाटे आएर सम्पन्न हुने आयोजकले जानकारी दिएको छ दर्ता शुल्क काठमाडौं बाट सहभागी हुने धावकलाई ८००० तोकिएको छ धावकहरुलाइ टिसर्ट र मेडल र प्रमाण पत्र प्रदान गरिने छ दर्ता गरिसक्नुपर्ने अन्तिम मिति फागुन ८ गते सम्म तोकिएको छ ।

ओखलढुंगा जिल्लामा पर्यटन प्रबद्धन गर्ने हेतुले २०७५ साल असार ३१ गतेका दिन खिजीदेम्बा -९ का समाजसेवी ङावा ङिमा शेर्पाको अध्यक्षतामा सबै पर्यटन व्यावसायिहरुलाइ एकजुट गर्दै ओखलढुंगा पर्यटन विकास समिति गठन भएको र सो समितिले पर्यटन क्षेत्रमा प्रबद्धन र विकास गर्नका लागि क्रमिक रुपमा गुरु योजना बनाएर स्थानीय तहसंग समन्वय गर्दै अगाडि लैजाने लक्ष्य रहेको टुरिजम डेभलपमेन्ट कमिटीका महासचिव पासाङ शेर्पाले बताएको छ उहाँका अनुसार ओखलढुंगामा पर्यटन प्रबद्धन गर्ने पहिलो चरणम‌ ४२०० उचाइमा रहेको पिके पिक देखि २१ किमि दूरीमा पर्ने खिजीदेम्बाको खिजीफलाटे बजार सम्म हप म्याराथन दाैड आयोजना गरेको थियो ।

ओखलढुंगाका पर्यटकीय दृष्टिकोणले प्रख्यात स्थलहरुको प्रचार प्रसार गरि पर्यटन भित्र्याउन विशेष भुमिका र पहल गर्ने लक्ष्य भएकोले लक्ष्य अनुरुप काम गर्ने प्रतिबद्धता रहेको समितिले जनाएको छ ।

देम्बा डाँडा र त्यस क्षेत्रको पर्यटन प्रवर्दन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङावा ङिमा शेर्पाले बताए। म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट १०० बढी प्रख्यात धावकको सहभागी हुने आयोजकले जनायो।
म्याराथनमा प्रथम हुने महिला र पुरुष जनही नगद ७० हजार र ५५ हजार ४० हजारसहित ट्रफी प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलकुद पर्यटकको सम्भावना बढी रहेकाले म्याराथनको आयोजना गरेको आयोजकको दाबी छ। सुन्दर र रमणीय क्षेत्र रहेको थोले देम्बा डाँडाबाट सगरमाथा, लगायतका अग्ला हिमालशिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी गुराँस प्रत्यक्ष हेर्न पाइन्छ। सरकारले घोषणा गरेको मुख्य सय गन्तव्य मध्य देम्बा डाँडा क्षेत्र पनि मुख्य गन्तव्य हो ।

दावा जाङ्बु शेर्पा सचिव शेर्पा सञ्चार समुह

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय