ओखलढुगां, कार्तिक ४ । राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षतर्फका सबै पदमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । आगामी मंसिर १० मा हुने प्रतिनिधि र प्रदेश समा तर्फका प्रत्यक्ष तर्फका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । राप्रपा प्रजातान्त्रिकले प्रत्यक्ष तर्फ कुनैपनि उम्मेदवार चयन गरेको छैन ।

समानुपातिक तर्फभने प्रतिनिधि सभाका लागि राजेन्द्र गुरुङ लाई उम्मेदवार बनाएको छ । यता प्रदेश सभातर्फ १ मा मुगाधन राईलाई उम्मेदवार बनाएको छ भने, २ मा खाली राखेको छ, प्रत्यक्षतर्फका उम्मेदवारलाई सघाउने निर्णय गरेको प्रजातान्त्रिकलाई नेपाली कांग्रेसले समानुपातिक तर्फको राप्रपा प्रजातान्त्रिकका उम्मेदवारालाई सघाउने निर्णय भएको राप्रपा प्रजातान्त्रिकका ओखलढुगां अध्यक्ष नारायणबहादुर सुबेधीले प्रष्ट पार्नुभयो ।

राप्रपा प्रजातान्त्रिकले भोली मनोनयन दर्ता गर्न पनि कांग्रेसकै पछि लाग्ने भएको छ । अध्यक्ष सुबेधीले भोली आफ्नो नेतृत्वमा राप्रपा प्रजातान्त्रिक पनि कांग्रेस कार्यलयबाटै मनोनयन दर्ता गर्न अघि बढ्ने बताउनुभयो ।

नेपाली कांग्ैसबाट प्रतनिधि सभामा रामहरी खतिवडा, प्रदेश सभा १ मा मित्रसेन दाहाल, प्रदेश सभा २ मा प्रदीप कुमार सुनुवार लाई उम्मेदवार बनाएको छ । प्रदेश सभा २ मा चुनाब लड्न लागेका कांग्रेसका सुनुवार प्रदेश सभा १ का स्थायी बासीन्दा हुन् ।

एमालेले प्रतिनिधि सभाका लागि यज्ञराज सुनुवार, प्रदेश सभा १ मा अम्बिर बाबु गुरुङ र प्रदेश सभा २ मा बाम तालमेलबाट मोहन खड्का हिमशिखरलाई उम्मेदवार बनाउने भएका छन् ।
एमालेले भने कांग्रेसले जस्तो अन्य क्षेत्रका उम्मेदवार नबनाएर, आ–आफ्नै क्षेत्रबाट उम्मेदवार चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय