गेलछिरी शेर्पा, परम्परागत भाषा धर्म संस्कृति हाम्रो पहिचान यसलाई जोगाइ राख्ने हामी सबैको अभियान भन्ने मुल नारका साथ शेर्पा इभेन्ट र्ओगानाइजरले पहिलो पटक आयोजन गरेको अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगितामा देश तथा विदेश बाट उत्साहजनक सहभागी भईरहेको छ ।

आधुनिक शैलिमा शर्पा भाषा धर्म र संस्कृतिको जगेर्न गर्न अहिलेको बहुचर्चित सामजिक सञ्जाल फेसबुक पेज मार्फत संसार भरिका शेर्पा भाषीहरुले भाग लिन पाउने प्रतियोगिताको छनौट भने ४०% फेसबुक लाइक कमेन्ट, २०% View, २०% शुद्ध शेर्पा भाषा र अन्य २०% कार्यक्रम प्रस्तुति शैली र भेषभुषाबाट गरिने आयोजकले जानाएको छ ।

उद्घोषण प्रतियोगितामा भाग लिन सहभागिले शेर्पा भाषामा कुनैपनि शिर्षकमा भिडियो सहितकोे ३ मिनेटको एउट कार्यक्रम तयार गरि आयोजकलाई पठाउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय