बुद्ध जयन्तकिो दिन शेर्पा गोन्पामा छेवाङ हुने
२५६२ औ बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती मुल समारोह आयोजक समिति शेर्पा सेवा केन्द्रले यस बर्ष परम पुज्य धर्मगरु श्रद्धेय जटुल ङवाङ तेन्जीन जिग्डल रिन्पोछे(जटुल रिन्पोछे) बाट बैशाख १७ गते दीर्घयूको अभिषेक छेवाङ प्रदान गर्ने कार्यक्रम राखिएको छ । संधै झै यस बर्ष पनि बुद्ध जयन्तीको अवसरमा शेर्पा सेवा केन्द्र हुंदै चावाहिल,मित्रपार्क र कुटुबाहलमा रहेको प्राचिन बुद्ध बिहारलाई परिक्रम गरि पुन≥ शेर्पा सेवा केन्द्र पुगी बिर्साजन हुने शान्ति पदयात्रा कार्यक्रमलाई यथावत राखिएको छ । तर दिउसो ११ बजेबाट पुजा शुरु हुने र २ बजेबाट छेवाङ कार्यक्रम शुरु हुने भएकोले यस बर्ष भने बिहान ८ बजे नै शान्ति पदयात्रा कार्यक्रम राखिएको छ । शान्ति पदयात्रा कार्यक्रममा व्यानर सहित सहभागी भई दिनु हुन सम्पुर्ण शेर्पाको संघ,संस्था र छोक्पाहरुलाई पनि अनुरोध गरिएको छ । यस बर्षको बुद्ध जयन्ती कार्यक्रममा उपस्थित भई दीर्घयूको अभिषेक छेवाङ ग्रहन गरि दिनु हुन सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय