काठमाडौं । बौद्धमा शेर्पा फुड फेष्टिवल शुक्रबारबाट शुरु भएको छ । शनिबारसम्म चल्ने फेष्टिवलमा शेर्पा खानाका परिवार र शेर्पा जातिको टिपिकल संस्कृतिहरु प्रर्दशनी हुने आयोजकले जनाएको छ ।

फुड फेष्टिवमा फल्की, थेन्दु, स्याक्पा, त्वा, रिकुर, फापर र उवाको परिकार, आलुको ढिंडो लगायतका खानाको परिकार प्रर्दशनी हुनेछ। म्याक्स इभेन्ट मेनेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा शुक्रबार उद्घाटनसँगै खानाका परिकारहरु प्रर्दशन र शेर्पा संस्कृतिसँग सम्बन्धित कार्यक्रम आयोजना हुने आयोजक संस्थाका प्रमुख डिजे नवाङ शेर्पा बताए।

शनिबार प्रख्यात कलाकार र शेर्पा कलाकारहरुको प्रर्दशनीसँगै कार्यक्रम समापन गरिने उनले बताए । शेर्पा खानाका परिकार बिषेश गरी चिसो मौसमका लागि उपयुक्त हुने भएकाले कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता हुने विश्वास आयोजकले राखेको छ। आधुनिकतासँगै पछिल्लो सन्ततीले आफ्नो जातीय खानाका परिकारलाई भुल्दै गएकाले यसको संरक्षण गर्न समेत आयोजकले कार्यक्रमको आयोजना गरेको जनाएको छ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन शेर्पा जातीको टिपिकल खानाले पनि थप आकर्षण गर्न सक्ने भन्ने लक्ष हाम्रो हो त्यसैले पर्यटन प्रवद्र्धनको लक्ष राखेर यो फेष्टिवलको आयोजना गरिएको शेर्पाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय