७ गते सोमबार सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ । नेपाल शेर्पा संघ उदयपुर, हिमालयन शेर्पा साँस्कृतिक केन्द्र उदयपुर, त्रियुगा नगर समितिको संयुक्त रुपमा अायोवित कार्यक्रम मा. प्रदेश संसाद नारायण भूर्जा मगरको प्रमुख अाथित्यमा सम्पन्न भएको हो ।

शुभकामना अादादप्रदान कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय सदस्य पवन नुरी शेर्पा, हिमालय शेर्पा साँस्कृतिक केन्द्र उदयपुरका अध्यक्ष नुरी शेर्पा, शेर्पा संघका पदाधिकारी लगायत स्थानिय शेर्पा सकुदायको उपस्थिति रहेको थियो । कार्यक्रम शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मा. पदेश संसाद नारायण भूर्जा मगरले बौद्ध धर्मावलम्बीको महान चाड लोसारको शुभकामना व्यक्त गर्दै उदयपुर बासी शेर्पा समुदायको भाषा संस्कृतिका निम्ति अाफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल शेर्पा संघका केन्द्रीय सदस्य पवन नुरी लगायतले शुभकामना व्यक्त गरेको थियो । त्यसैगरी शेर्पा संस्कृति झल्काउने नृत्य प्रस्तुत गरि कार्यक्रमको रौनक बढाएको थियो। लोसारको अवसरमा विगत केही वर्ष यता देखि उदयपुर जिल्लमा लोसार कार्यक्रम अायोजना गर्दै अाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय