– मकालु हिमाल आरोहणको क्रममा एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ, लाखोपका आङ दावा शेर्पाको आरोहणको क्रममा २०७५ जेठ १ गते मंगलबार मृत्यु भएको हो ।
शेर्पाको मंगलबार विहान २ बजेतिर मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । चिनिया ग्रुप लिएर मकालु हिमाल आरोणमा गएका शेर्पाको स्वास्थ्यमा समस्या आएपछि समयमा उद्दार हुन नसक्दा मृत्यु भएको हो ।
मौसम खराबीका कारण सोमबार उद्दार हुन नसक्दा आङ दावाको मृत्यु भएको तेन्जी शेर्पाले जानकारी दिए । शेर्पाको शब काठमाण्डौ लगी पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको बताइएको छ । श्रोत ः शेर्पा सञ्चार
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh