पटकपटकको अान्दोलन, कयौंपटक ज्ञापनपत्र तथा अनेकौं बिन्ती गरेपछि बल्लतल्ल जनजाति र मधेसीलाई एक एक दिनकाे राष्ट्रिय बिदा मिल्यो ।हिमाली क्षेत्रका बासिन्दाले मुख्यरुपमा मनाउँदै अाएकाे लाेसारलाई पनि राष्ट्रिय बिदा घाेषणा गर्दा हाम्राे पहिचानलाई राज्यले केहि हदसम्म भए पनि बुझ्याे, अब सम्पूर्ण नेपालीले लाेसारकाे गरिमालाई बुझ्दै जानेछन् भन्नेमा हामी अाशाबादी भएका थियौं ।
विकास र समृद्धिकाे अमुर्त शब्दावलीलाई चुनावी नारा बनाएका एमाले/माअाेवादी गठबन्धनको सरकारले सुरुवाती अवस्थामै जनजातिले पाउदै अाएकाे राष्ट्रिय विदा सम्पूर्णरुपमा बिदा कटाैती गरी प्रतिगमनकारी यात्राको सुरुवात गरेकाे अाभाष भएकाे छ । खस र अार्यले पाउदै अाएकाे करिव १९ दिनकाे राष्ट्रिय बिदा मध्येका ७ दिन कटौती गरे । जस अनुसार अाउने २०७५ सालमा खस र अार्य समुदायले १२ दिन राष्ट्रिय बिदा पाउने देखिन्छ भने जनजातिकाे प्राय सबै बिदा कटौती भएकाे देखिन्छ ।
दु:ख त यसकारण लाग्छ, उत्पिडित समुदायको पहिचान र अधिकारकाे मुद्दाको खातलाई सिढी बनाएर सत्तामा पुगेको माअाेबादीका नेता राम बहादुर थापाले नेत्त्रुत्व गरेकाे गृहमन्त्रालयकाे प्रस्तावमा मन्त्रीपरिषदले बिदा कटाैती गर्याे । माअाेबादीकाे रुपान्तरण यति चाडै यसरुपमा हुन्छ भन्नेकुरा साेच्न पनि गाह्राे लाग्छ । तर हकिकत नस्वीकाराैं पनि कसरी ! हिजाे एमालेले पनि उत्पिडित जातीका भाषिक पहिचान र प्रतिनिधित्वको कुरा जाेडताेडले उठाएकाे थियोे तर सत्तामा पुगेपछि उल्टाे रुप देख्नु पर्याे ! अाज सम्झदा यस्तो लाग्छ एमालेे/ माअाेबादी वामगठबन्धन हरियो घांसकाे हरियो सर्प हाे जाे पहिचान र अधिकारका पक्षधरहरुलाई थाहै नपाई डस्छ,हाेसीयारीकाेे अवस्थैै रहन्न !
सरकारले विदा कटाैतीका कारण बिदा धेरै भएर जनताका काममा ढिलाइ भयाे भन्ने छ । के १२ दिनकाेे बिदाले नै यस्तो भएकाे हाे त ? कतिपय कर्मचारी पहुँचका भरमा घरमै बसी बसी तलब बुझिरहेकाेे पनि कयौं समाचारमा नपढेका हाेईना । अाज मात्रै समाचारमा कर्णाली प्रदेशको मुख्यमन्त्रीकाे श्रीमतीले घरै बसेर जागिर खाकाे एक बर्ष भयाे अरे यस्ता कार्यलाई चुस्त बनाउनकाे साटाे हचुवा र लहडकाे भरमा निर्णय गरेर सरकारले अपरिपक्ककताकाे रुप देखाएको छ । कतिपय अन्य देशमा शनिबार र अाईतबार एक हप्ताको दुई दिन विदाका साथै अन्य बिदा पनि हुन्छ, र पनि जनतकाे काममा कुनै ढिलाई छैन, चुस्तदुरुस्त नै छ ।
अाज मधेसीहरूले मनाउँदै अाएकाे छईठकाे भाका हिमालीहरुले बुझ्ने भाएका छन् ।सुदूर पश्चिमका गाैरा पर्व र देउडा अथबा पुर्वका मारुनी र ख्यालीमा कुन नेपाली झुम्दैना , तामाङका सेलाे, गुरुङका घाटु,मगरका काैडा, कस्लाई मनपर्दैना ! थारुका घुगी नचाखेकाे नेपाली काे छ ?राईकाे साकेला अथवा लिम्बूको च्यबरुङ मा हरेक नेपाली रमेका छन् । हिमाली शेर्पाको श्याव्रुमा स्वदेशी मात्र हाईना बिदेशी नाचेका छन। अाजकाे याे अवस्था, यस्ता पर्वहरुलाई राज्यले मान्यता दिएपछि अाएकाे हाे । यसले नेपाली विविधतालाई उजागर गरेको छ ।अर्कोतर्फ यस्ता खाले पर्वहरुमा हुने अार्थिक गतिविधिले नेपाली अर्थतन्त्रमा केही हदसम्म भएपनि सहयाेग नै पुगेकाे छ ।
अाज जनजातिले मनाउँदै अाएकाे पर्वहरुमा जातिय संस्कृतिकाे ईतिहास पाईन्छ, धर्मका अाधारमा मनाईने पर्वहरु धर्मनिरपेक्ष राज्यमा मनाउनै पर्छ भन्ने हुन्न, तर नेपालको संबिधानले बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक बिषयलाई स्वीकार गरेपछि साेहीअनुरुपकाे देशकाे तस्बिर देखिनुु पर्छ । खष र अार्य समुदायलाई मात्रै राष्ट्रिय बिदा दिदा, संविधानकाे भावनालाई अात्मासाथ गर्दैन । यदी राष्ट्रिय बिदा दिने हने भने सबैलाई चाहिन्छ । हाेईना भने समुदायगत / जातिगत रुपमा दिईने राष्ट्रिय बिदा सबै कटाैती गराै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय