पोर्तुगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा एशोसियशन पोर्तुगलले लोसार लप्सु पुजा भव्य रुपमा सम्पन्न भएको छ । पोर्तुगलको राजधानी लिस्बोनबाट करीब १ सय १५ किलोमिटरको दुरीमा रहेको अत्यन्तै मनोरम स्थलमा अवस्थित थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरमा आयोजित लप्सु पुजा बौद्ध धार्मिक परम्परा अनुसार विविवत रुपमा पुजाआज गरी भव्य रुपमा सम्पन्न भएको हो ।उक्त स्थानमा निर्माणाधिन बौद्ध स्तुपका लागि संकलित सहयोग रकम ७१४,५० यूरो शेर्पा एशोसियशन पोर्तुगलले थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरलाई चढाएको छ । शेर्पा लगायत करीब २ सय जनाको उपस्थिति रहेको उक्त लप्सु कार्यक्रममा शेर्पा संघ यूरोपका सल्लाहकार पेम्बा शेर्पा, उपाध्यक्ष पेम्बा छिरी शेर्पा, महासचिव पेम्बा गेलु शेर्पा, सदस्य ङवाङ दावा शेर्पा, शेर्पा एशोसियशन पोर्तुगलका पुर्व अध्यक्ष तथा एन.आर.एन पोर्तुगलका महासचिव, सोमफुरी शेर्पा, पुर्व कोषाध्यक्ष तथा वर्तमान सल्लाहकार तेन्जीङ शेर्पा आदिवासी जनजाति महासंघ पोर्तुगलका सदस्य नुरु जाङबु शेर्पा, तमु समाज पोर्तुगलका अध्यक्ष राजकुमार गुरुङ, तामाङ समाज पोर्तुगलका सल्लाहकार कुमार योञ्जन, किरात समाज पोर्तुगलका अध्यक्ष गणेश याक्खा, हिमालयन शेर्पा सांस्कृतिक केन्ऽ पोर्तुगलमा अध्यक्ष आङ छिरिङ शेर्पा, जनप्रगतिशिल मञ्च पोर्तुगलका कोषाध्यक्ष विनय बुढाथोकी, अन्तराष्ट्रिय म्याग्दी समाज युरोप विभागका सचिव सुर्य भट्टचन, लगायतका महानुभावहरुको समेत उपस्थिती रहेको थियो । लोसारको अवसरमा गत बर्षबाट लप्सु पुजा कार्यक्रम आयोजना गर्न सुरु गरेको थियो ।

