काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल प्रथमको ८ नम्बर प्रदेश अन्तर्गत गैरभौगोलिक १ नम्बर काठमाडौँ सम्पर्क जिल्लाको प्रथम सम्मेलन भव्यताको साथ सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) को हेडक्वार्टर सदस्य नेता मणी थापाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले ११ सदस्यीय पदाधिकारीसहित ३१ सदस्यीय जिल्ला समिती चयन गरेको छ ।
चयन भएका सो समितिको अध्यक्षमा मुक्ती लिम्बू निर्विरोध चयन भएका छन भने उपाध्यक्षमा सुवास खड्का, राजेश लिम्बू, प्रकाश सुनुवार, सचीव आदेश रार्इ, सहसचिवमा अनिल थुलुङ, जयन्द्र गुरुङ, कोषाध्यक्ष प्रभा राई निर्विरोध चयन भएका छन् ।

सम्पन्न गरिएको सो सम्मेलनले अनुशासन आयोगको प्रमुखमा जम्बा शेर्पालाई चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि मणी थापाले युवाहरुलाई प्रशिक्षित गर्दै भने, ‘अहिलेको आर्थिक अन्तरविरोध हल गर्ने पार्टी एकताको उदेश्य पनि हो । त्यो दिशामा सरकार र पार्टी जानुपर्छ । यदी त्यो दिशाम नजाने हो भने, पार्टी एकता प्रक्रियामा जटिलता थपिन सक्छ ।’
उनले थपे ‘यदी सुशासनसहितको समाज निर्माणमा युवाहरुले ध्यान नदिए देशको राष्ट्रियता नै खतरामा पर्नसक्छ ।’ पार्टी एकताको लागि पनि युवाहरु समाजको हरेक मुद्धाहरूमा पहलकर्ताको रुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद हेमकुमार रार्इ, पार्टी पोलिटब्युरो सदस्य मुकेश मुक्साहाङ लिम्बू लगाएतको थियो । साथै वाइसीएलका महासचिव सुवोधराज सेर्पाली, सचीव पुर्ण भुजेल, कोषाध्यक्ष मिङमा डण्डु शेर्पा, सचिवालय सदस्य तथा एक नम्बर प्रदेश सह-इन्चार्ज एबिराज रार्इ तथा नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य आङदावा शेर्पा, वाइसीएल केन्द्रिय सदस्यहरु हेमचन्द्र राई र सीता नेपाली लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय