काठमाडौं, फाल्गुन १० । वीर अस्पातलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते भएको छ । ।

महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधारी र २० वर्षीय भूमिकुमार चौधरी छन् भने सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तीन जना निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
श्रोत अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय