दावा जाङ्बु शेर्पा (खिजीदेम्वा), ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटी का अध्यक्ष खिजीदेम्वा गाउँपालिका वडा नं.-९ का पर्यटन व्यावसायिक ङावा ङिमा शेर्पाले , महामारीको यो घडिमा कोरोना भाईरस नियन्त्रण तथा रोक थामका लागि आफ्नो गाउँपालिका खिजीदेम्वा गाउँपालिकाले चालेको कदममा सहकार्य गरि खिजीदेम्वा गाउँपालिका बासिहरुको स्वास्थ्य तथा जीवन रक्षाका लागि महत्वपूर्ण स्वास्थ्य सामग्री PPE १५ sets र Mask १२०० units खिजी देम्बा गाउँ पालिका अध्यक्ष बेद बहादुर रोका लाई चैत २३ गते काठमाडौ उपलब्ध गराउनु भएकोछ

बिश्वमा महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाईरस कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न गाउँ पालिका वासिहरुको स्वास्थ्य तथा जिउ ज्यान रक्षा गर्नका लागि अावश्यक स्वास्थ्य उपकरण सामाग्री खिजीदेम्बा गाउँपालिका लाई प्रदान गरिएको साथै संघीय प्रतिनिधि सभाका माननीय यज्ञराज सुनुवार लाई ओखलढुंगा जिल्ला बासीहरुको लागि PPE माक्र्स लगायतका स्वास्थ्य सुरक्षाका लागि अावश्यक सामाग्री प्रदान गरिएको माननीय यज्ञराज सुनुवारले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय