नेपाली जनता पार्टी,नेपालले सर्बत्र बिराेधभएपछि पनि पाठ्यक्रमबाट हटाइ पठनपाठन बन्द गरिएकाे संस्कृत भाषालाइ पुन बिध्यालयमा लाद्न खाेज्नु प्रतिकृयाबादी र प्रतिगमनकारीकाे कदम भएकाे भन्दै घाेर आपत्ति र बिराेध गरेकाे छ ।

हिजाे जनता पार्टी नेपालमा आबद्द् लिम्बुवान ,किरात शेर्पा ,मधेश,ताम्सालिङ,नेवा ,शिल्पी ,तमुवान ,मगारात ,थरुहट ,खसान राष्ट्रिय समितिका अध्यक्ष तथा इन्चार्जहरुले संयुक्त रुपमा दस्तख़त गरी निकालिएकाे बिज्ञप्तिमा नेपालमा बाेलिने रैथाने अनि लाेपाेन्मुख भाषाहरु राज्यकाे दमन र बिबेदमा पारेर मृत संस्कृत भाषाकाे पठनपाठनका लागि अरबैा बजेट खन्याउदै आइरहेकाे तर मातृभाषा प्रदान गर्न राज्यले अहिलेसम्म कुनै स्पष्ट नीति ,याेजना र कार्यक्रमहरु नभएकाे उल्लेख गरिएकाे छ ।

नेपालकाे संबिधानकाे मर्म र भावना बिपरित शि़क्षा मन्त्रालयले संस्कृत बिषयलाइ मात्र काखी च्यापेर बाकी सबै नेपालीहरुलाइ पाखा लगाउने काम साह्य नभएकाेले तत्काल फिर्ता गर्न समेत माँग गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय