लिस्बन– पोर्तुगलमा रहेको नेपालीहरुको राहदानी बनाउनका लागि आवश्यक नेपाली दुताबास फ्रान्समा दिनुपर्ने आवेदनका लागि सहजीकरण गर्ने भन्दै धेरै नेपालीहरुबाट लिएको आवेदनका शुल्क महिनौसम्म पनि सम्बन्धित दुताबासमा पेश नगरेर एनआरएनए पोर्तुगलले ठगी गरेको जनप्रगतिशिल मोर्चा पोर्तुगलले ठहर गर्दै विज्ञप्ती जारी गरेको छ । दुःखमा परेको नेपालीहरुको सहयोगका लागि भनेर खोलेको संस्थाले नै यसरी नेपालीहरुलाई पीडित बनाउन उद्दत भएको प्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडितहरुसँग बुझेर यो विज्ञप्ती जारी गर्ने निष्कर्षमा पुगेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी मोर्चाले एनआरएनएका कोषाध्यक्ष विक्रमजङ कुँवरको ट्राभल्सले नेपालमा पठाउने रकम लिने तर समयमा नदिने, सेवाग्राहीले पटक पटक अनुरोध गर्दा पनि महिनौसम्म आलटाल गरेर धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पीडित बनाएको जनाएको छ । कोरोनाको बिरामीको उपचारार्थ परिवारलाई पठाइएको रकम पनि समयमै उपलब्ध नगराईदिनु अत्यन्तै निन्दनीय कार्य भएको मोर्चाको ठहर रहेको छ ।

‘एनआरएनए पोर्तुगलका कार्यालय कर्मचारीले राहदानी नवीकरण प्रकृयाको लागि लिएको रकम समेत हिनामिना गरिएको पाइएको छ । आफूलाई सामाजिक संस्था भनेर दावी गर्ने संस्थाको कार्यालयबाट नै यस्तो गलत कृयाकलाप हुनु खेदजनक छ ।’ विज्ञप्तिमा भनिएको छ ।

एनआरएनए र लक्ष्मी ट्राभल्सलाई कमी कमजोरी तत्काल सच्याउन र पीडितहरुको माग यथाशिघ्र सम्बोधन गर्न सचेत गराउदै अन्यथा पोर्तुगलमा आइपुगेका श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हकहितको पक्षमा संघर्षरत मोर्चाले कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय