जेठ १६, काठमण्डौ
शेर्पा सेवा केन्द्रले बर्षिक सागा दावाको अवसरमा आयोजना गरिन्दै आएको ञ्युङने मौन ब्रत यस बर्ष पनि सम्पन्न गरिएको छ ।
जेठ १४ गते बाटशुरु भएको ञ्युङने पुजा आजा बिहान बिशेष बिधि सहित सम्पन्न भएको छ । ञ्युङने व्रत सम्पन्न पछि छोग पुजा शुरुहुने र यो छोग पुजा ञ्युङने सकिए पछि गर्ने गरिन्दै आएको छ । विशेष गरि ञ्युङने महान कार्य सफल भएपछि छोग पाठ पुजा गर्ने गरिन्छ । ञ्युङने पुजा सम्पन्न भएको खुशीयलीमा नचगान गरि रमाईलो गर्ने पनि विभिन्न ठाउमा गर्ने गरिएको देखिन्छ ।
-महागुरु खबर
संघ छेवाङ्ग टासी बौद्ध गुम्बामा २१ जनाभन्दा बढी उपासक उपासीका सहभागी रहेको तीन दिने ञ्युङ्ने उपसना मौन व्रत सम्पन्न भएको छ । जेष्ठ १५ गते मंगलबार पूर्वी चितवन राप्ती नगरपालिका ७ मा अवस्थित संघ छेवाङ्ग टासी बौद्ध गुम्बामा सम्पन्न भएको हो ।
प्रमुख गुरु पेमा साङ्गे लामाद्धारा सञ्चालन सो मौन व्रत अवधिभर उपासक तथा उपासिकाहरुले १३ गते स्रोकज्योङ अर्थात् दिनको १२ बजे अगावै भोजन ग्रहण गरी सक्नु पर्ने र १२ बजेपछि पानी मात्र पिउने, १४ गते ङाग्जे दोम्बा अर्थात् खाना पिउन बोल्न नपाउने र १५ गते बिहान १० बजे वाङ आर्शिवाद सहित बिदाइ कार्यक्रम रहेका थिए ।
विश्वमा शान्ति छावस भन्ने मुल उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको र सोचेकोभन्दा बढी जना सहभागीताले आफूलाई खुशी तुल्याएको लामा गुरुले बताए । समापन कार्यक्रमको अध्यक्षता सोही गुम्बाका अध्यक्ष धर्म राज बल्बा थिङ्ले गरेको थियो । कार्यक्रममा बिदाइ गर्न स्थानीयबासीहरुको बाग्लो उपस्थिति रहेका थिए ।
-Sailungonline