बैशाख २८—सोलुखुम्बुको गार्मा जोरबौद्ध नेले देउसा सडकखण्ड अबरुद्ध भएको छ । निर्माणाधिन उक्त सडक खण्डको नेले बजार देखी करिब ५ सय मिटर पुर्वमा पहिरो खसेर सडक अबरुद्ध बनेको छ भने विद्युत र मिलमा समेत क्षती पुगेको छ ।
पहिरोका कारण पेल्टिकसेटमा क्षती पुग्दा थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका ६० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । सोही पेल्ट्रिक सेट नजीकै रहेको गणेश थापाको मिलमा समेत क्षती पुगेको छ । पेल्ट्रिक सेटको पावर हाउसमा भाथिबाट ठुलो ढुंगा खसेर क्षती पुगेको प्रहरीले जनाएको छ ।
सडक निर्माणको क्रममा स्काभेटरले चौडा बनाउनेक्रममा गएराती पहिरो झरेर सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध हुँदा सल्लेरी हुँदै देउसा, पावै, सोताङ लगाएत कोसीपारी जाने यात्रहरुलाई केहि असहजता भएको छ । कोसीपारी बाट आउने र जाने यात्रुलाई दुवैतर्फ रहेका सवारी साधानले गनतव्य सम्म पु¥याउने काम भने गरेका छन् ।
अहिले पहिरो पन्छाउने काम भईरहेको भएपनि सुख्खा पहिरो आउनेक्रम जारी रहेकाले थप समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी प्रदुम्न अधिकारीले जानकारी दिनुभयो ।
Source:भोजराज कार्की,सोलु एफ एम ।