काठमाडौं : हिमाली जातिको परम्परागत साँस्कृति प्रदर्शनी गर्ने लक्ष्यले हिमालयन फेष्ट २०१७ को आयोजना हुने भएको छ । हिमाली समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले शेर्पा ‘इभेन्ट एण्ड इन्टरटेनमेन्ट म्यानेजमेन्ट’ले भदौ २३ गते कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमसँगै सन् २०२० सम्म एकै ठाउँमा सबै जातिको परम्परागत साँस्कृति प्रदर्शनी गर्ने लक्ष्य समेत संस्थाले राखेको छ । हिमाली जिल्लाहरुमा बसोबास गर्ने शेर्पा, भोटे, तामाङ, लगायतका समुहदायको परम्परागत संस्कृति झल्कने गरी आयोजना हुने कार्यक्रम कपनको रामगर पार्टी भेन्यूमा हुने संस्थाका अध्यक्ष सोनाम जाङबु शेर्पाले बताए । परम्परागत संस्कृतिक प्रस्तुती आधुनिक प्रस्तुती रहने छ।

सांस्कृति प्रर्दशनीसँगै कलाकार दीक्षा थापा, जोवान भुम्जु, सम्बोधन व्याण्ड, नेपाल हिप पप कम्युनिटी, शेर्पा योनहेण्ड छोक्पा, नेपाल टिबेटन ल्हामु एसोसिएशन, ह्वीच ह्याजलको प्रस्तुती रहने छ । कार्यक्रममा डिजे नवाङले डिजेइङमार्फत मनोरञ्जन प्रदान गर्नेछन् । आयोजकका अनुसार कार्यक्रमको उद्घाटन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय