दक्षिण कोरिया । आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको आयोजनामा अगस्ट २० आइतबार दक्षिण कोरियाको राजधानी सौलमा “२९ औं विश्व आदिवासी दिवस“ सम्पन्न भएको छ ।

नेपाली राजदुताबासको दक्षिण कोरियाको द्वितीय सचिब सुर्य बहादुर थापाको प्रमुख अथित्यमा सम्पन्न कार्यक्रम “रैथाने ज्ञान,सीप ,कला,साहित्य एवं मौलिक खाद्य परम्पराहरुलाइ संरक्षण ,प्रबर्द्धन र बिकास गर्दै,पहिचान र अधिकार प्राप्तिको सांस्कृतिक आन्दोलनमा एकाकार बनौं ।” भन्ने मुल नाराका साथमा नेपाली रैथाने कला साहित्य संस्कृति एव रैथाने खाद्य परम्परालाई संरक्षण प्रबर्द्धन एवं बजारीकरण गर्ने उद्देश्य सहित पहिचानको पक्षमा सांस्कृतिक आन्दोलनको रुपमा ” २९ औं विश्व आदिवासी दिवस” समापन भएको थियो ।

प्रमुख अतिथि थापाले बिशेस अतिथिहरु दक्षिण कोरियामा रहेको विभिन्न राजनीतिक पार्टीको प्रवास संगठनको प्रतिनिधि,आदिवासी जनजाती महासंघ दक्षिण कोरियामा आबद्द जातीय सस्थाहरुको प्रतिनिधि, पत्रकार तथा वक्ताहरुले दक्षिण कोरियाको समस्य, नेपालको कोशी प्रदेस खारेज आन्दोलन तथा विभिन्न विसयमा उठेको मागहरु नेपाल सरकार सम्म पुराउने प्रतिबदता व्यक्त गरेको थियो।

कार्यक्रममा जनजाती महासंघ दक्षिण कोरियामा आबद्द जातीय समुदाय शेर्पा र तामाङ समुदायको खाप्से,मगर समुदायको बारा बुटुक साथै तरुल, गुरुङ समुदायको सेल रोटी राई लिम्बु समुदायको वाचिपा(कुखुराको तिते), लिम्बु समुदायको “याङ्बेन (झ्याउ),ह्योल्मो समुदायको “बाबर”र थारु समुदायको घाेङी र माछा आदि प्रदर्शन हुनुका साथै जनजाती महासंघमा आबद्द जातीय समुदायहरुको मौलिक साँस्कृतिक नृत्य मगरको कौरा,तामाङ्को सेलो,गुरुङ्को रोधी, राईको सिल्ली ,लिम्बुको केलाङ (च्याब्रुङ),थारुको मघौटा, शेर्पा र ह्योल्मो को स्याब्रु नृत्य एवं झाकी प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय