काठमाडौं  । भारतीय चर्चित आरोही तथा लेखक उमेश झिरपेद्धारा ‘लिखित माउन्टेन म्यान शेर्पा’ पुस्तक लोकार्पण गरिएको छ । शेर्पा पत्रकार संघ नेपालद्धारा आयोजित एक समरोहकावीच पुस्तकको लोकार्पण गरे ।

झिरपेद्धारा लिखित पुस्तकले शेर्पा समुदायको बारेमा अध्ययन गर्न चाहने र जान्न चाहने जिज्ञासु पाठकका लागि उपयोगि सामाग्री हुन सक्ने प्रमुख अतिथि शेर्पाले विश्वास व्यक्त गरे । उनले थपे ‘उमेश जी एक जना भारतीय नागरिक भएर पनि नेपालको शेर्पाहरुको बारेमा गहिरो अध्ययन गरेर राम्रो पुस्तक प्रकाशन गर्नु भएको छ । यो हाम्रो लागि अत्यन्तै खुसीको कुरा हो ।’ पुस्तकले नेपाल र भारतका नागरिकहरुवीच जान्ने र सम्बन्ध समेत स्थापित हुने माध्यमको रुपमा विकास हुने कार्यक्रमका सभाध्यक्ष कर्मा शेर्पाले बताए

मराठी भाषाबाट अंग्रेजीमा रुपान्तरण गरी पुस्तक प्रकाशन भएको थियो । मराठी भाषामा ५ हजार प्रति पहिलो संस्कारणमै भारतीय बजारमा विक्री भइसकेको छ ।
पुस्तकमा शेर्पा जातिको संस्कार, संस्कृति, भाषा र इतिहासको चर्चा गरिएको छ । त्यस्तै, किर्तिमानी आरोहीहरुको सामान्य जीवनी र योगदानलाई पुस्तकमा समेटिएको छ । पुस्तकलाई विवेक सिउडेले अंग्रेजी भाषामा रुपान्तरण गरिएको हो ।

-शेर्पाखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय