०८ अगष्ट लिस्बन – गैह्र आवासीय नेपाली संघ पोर्तुगलको लिस्बन स्थित कार्यलयमा आज तालाबन्दी गरिएको छ । आठौ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने प्रकृयामा रहेको एन आर एन ए पोर्तुगलको कार्यलयमा सोमफुरी शेर्पाको नेतृत्वमा रहेको समावेशी प्यानलका उम्मेद्धवारहरुले संयुक्त रुपमा तालाबन्दी गरेका हुन ।
निर्वाचन समिति एक पक्षीयको आज्ञपालक मात्रै भएको, रविन अधिकारी नेतृत्वको प्यालनलाई कुनै हालतमा जिताउन उचित मौकाको खोजी गर्दै बारम्बार निर्वाचन कार्यतालिकामा हेरफेर गरेको आरोप लगाउदै शेर्पा नेतृत्वको प्यालनले एनआरएनए केन्द्रलाई समेत जानकारी गराएर तालाबन्दी गरिएको छ ।

चौथो पटक निर्वाचन कार्यतालिकामा हेरफेर ।
गत ३१ जुलाईमा सम्पन्न हुने भनिएको निर्वाचन कार्यतालिका आजसम्मा आईपुग्दा पाँचौपटक हेरफेर भएको छ । पछिल्लो कार्यतालिका अनुसार अगाष्ट १० मा लिस्बन बाहिरको क्षेत्रहरुमा अनलाईनको माध्यमबाट मतादान गर्ने भनिएको छ ।
जुलाई ३१ को घोषित निर्वाचन कार्यतालिकालाई पहिलापटक हेरफेर गरेर १ अगष्टमा सारेको निर्वाचन समितिले १ अगष्टको दिन लिस्बनभन्दा बाहिरको क्षेत्रहरुमा हुने भनिएको निर्वाचन स्थगित गरेर दोस्रोपटक कार्यतालिका हेरफेर गरे । त्यसै गरी स्थगित भएको निर्वाचन क्षेत्रहरुको निर्वाचन ८ अगष्टमा हुने तेस्रो संशोधित कार्यतालिका सार्वजानिक गरेको समितिले फेरी त्यो कार्यतालिकालाई पुनःस्थगन गरे र कार्यतालिकालाई चौथो संशोधन गरेर १० अगष्टको कार्यतालिका प्रकाशित गरेका छन ।


निर्वाचन कार्यतालिकाबारे समितिका संयोजक नै बेखबर ।
अगष्ट १ का दिन स्थगित भएको लिस्बन बाहिरका क्षेत्रहरुको निर्वाचन ८ अगष्टमा गर्ने भनेर निर्वाचन समितिले ३ अगष्टका दिन कार्यतालिका सार्वजानिक ग¥यो । त्यसबारेमा सोमफुरी नेतृत्वको समावेशी प्यानल पुरै बेखबर थिए, अगष्ट १ मा मतादान भएको लिस्बन क्षेत्रको निर्वाचनमा चरम धाधली भएको भन्दै मुचुल्कामा हस्ताक्षर समेत गरेका थिएनन, यता मतादान भएको क्षेत्रको विवाद नटुङग्याई कुनै परामर्श र जानकारी विना निर्वाचन कार्यतालिका सार्वजानिक भएपछि अध्यक्षका उम्मेद्धवार समेत रहेका शेर्पाले निर्वाचन समितिका संयोजक रमेश कुमार गुरुङलाई फोन गरेर जिज्ञासा राख्दा संयोजक गुरुङले उक्त कार्यतालिका बारे आफु अनविज्ञ रहेको र आफ्नो तर्फबाट कुनै कार्यतालिका सार्वजानिक नगरेको बताए ।

त्यस्तै निर्वाचन समितिका सदस्यहरु ताराकुमारी गुरुङ र मेघनाथ सुवेदी (दिपक) ले पनि उक्त कार्यतालिका प्रकाशिन गरिएकोबारे अनविज्ञता प्रकट गरे । पछि उक्त कार्यतालिका जनसम्पर्क समितिका चीजकुमार तामाङको निर्देशनमा समितिका सदस्यहरु मिङमार लामा र शिब अधिकारीले प्रकाशित गरिएको बुझिएको छ । त्यो कार्यतालिका ३ आगष्टमै अर्को सुचना जारी गरेर स्थगित गरिएको थियो ।

लिस्बन क्षेत्रको मतपेटिका असुरक्षित ।
गत अगष्ट १ मा निर्वाचन सम्पन्न भएको लिस्बन क्षेत्रको मतगणना अझैसम्म हुन सकेको छैन । उक्त दिन मुचुल्का भन्दा ७ मत बढी भेटिएपछि धाधली भएको ठहर गर्दै सोमफुरी शेर्पाको प्यानलले मुचुल्कामा हस्ताक्षर गर्न मानेन । जनसम्पर्क समितिका जया सापकोटा र चीजकुमार तामाङले मतादाता नामावलीमा नाम नभएको व्यक्तिहरुलाई पनि मतादान केन्द्रमा प्रवेश गराएर मतादान गर्न लगाएको र त्यसबारे निर्वाचन समिति मुकदर्शक बनेको आरोप लगाएका छन । त्यसरी गलत काम गरेर निर्वाचन प्रकृया विथोल्ने पात्राहरुलाई कार्वाही गर्न समेत शेर्पाले निर्वाचन समितिमा निवेदन दिएका थिए ।

तर निर्वाचन समितिले उक्त निवेदनमाथि कुनै सुनुवाई नगरेको र ती व्यक्तिहरुको पक्षपोषण गरेर उन्मुक्ति दिईरहेकाले मतगणना हुन नसकेको शेर्पा प्यानलको आरोप रहेको छ । यसरी निर्वाचन सम्पन्न भएको मतगणना हुन नसक्दा मतमेटिका भने अलपत्र परेको छ । निर्वाचन समितिको नियन्त्रणमा रहेको बताईएपनि निर्वाचन समितिकै सदस्यहरु एक पक्षलाई जिताउन षडयन्त्र गर्ने पात्राहरु भएकाले ती मतपेटिकाको सुरक्षित भएको भन्नेमा गम्भीर आशंका रहेको समावेशी प्यानलको भनाई छ ।

मतदाताहरुलाई निर्वाचन समितिको असमान व्यवहार ।
गत १ अगष्टमा लिस्बन क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा त्यस क्षेत्रका मतादाताहरु भौतिक रुपमा उपस्थित भएर मतादान गरेका थिए । त्यसरी नै मतादान गर्ने निर्वाचन समितिको कार्यतालिका अनुसार मतदाताहरुले भौतिक रुपमा उपस्थित भएर मतादान गरेका थिए र तर आज प्रकाशित कार्यतालिकामा बाकी क्षेत्रका मतादाताहरुले अनलाईन माध्यमबाट मतादान गर्ने भनिएको छ । यसबाट मतदाताहरुप्रति निर्वाचन समितिको असमान व्यवहार पुष्टि हुन्छ । विगतका निर्वाचनहरुमा एकैदिन सबै क्षेत्रको निर्वाचन सम्पन्न गर्दै आएको भएता पनि यसपटकको निर्वाचन समितिले त्यसो गर्न सकेन । यसले एन आर एन ए पोर्तुगलको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी पाएका रमेश कुमार गुरुङ नेतृत्वको निर्वाचन समिति असक्षम भएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय