पुष १५ अर्थात तोला लोसारलाई गुरुङ वौद्धधर्मालम्वी समुदायले तामझामकासाथ विश्वभर मनाउँछन् । आजको दिन काठमाडौंको टुंडिखेलमा लोसारको रमझम निकै बढी हुने गरेको छ । यो पटक पनि मनोरञ्जनका कार्यक्रम सहित मदिरा कम्पनीका व्यानरले धपक्कै ढाकेको छ । लाग्छ, टुंडिखेल कुनै मदिरा मेला नै हो ।

वौद्धधर्मको एउटा चाँड अथवा तिथिमिति परिर्वतन हुदाँ नयाँ वर्षको रुपमा धार्मिक परम्परा अनुसार मनाइने लोसार पछिल्लो समय डिस्को र डिजेसम्मले लोप बनाएको पाइएको छ ।

बाैद्धधर्म अन्तरगत महायानी सम्प्रदायमा सम्बोडा लीपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तीथिमिति परिर्वतन भई पुरानो वर्षलाई विदा गरी नयाँ वर्ष मनाउनु लोसार हो । ल्हो भनेको ‘वर्ष’ सार भनेको ‘परिर्वतन’ भन्ने अर्थले लोसार शब्दको उत्पत्ति भएको तथ्य छ ।

वार्षिक रुपमा वर्ष (ल्हो) परिर्वतन हुदाँ लोसार मनाइन्छ । बाँदर, चरा, कुकुर, सुगुर, मुसा, गाई, वाघ, विरालो, ड्रागन, सर्प, घोडा, भेडा गरी १२ वर्षमा एक पटक ल्हो (वर्ष ) परिर्वतन हुने गर्छ । त्यसैले हिमवत खण्डवाट शुरु भएको ‘लाङ ल्हो’ (गारु वर्ष) लाई विदा गरी ‘तक ल्हो ’ (बाघ वर्ष) २१५० वर्ष स्वागतका साथ लोसार मनाउन थालिएको हो । पात्रो अनुसार कोङ्पो, तोला, सोनाम र ग्याल्पो गरी चार वटा लोसार उल्लेख छ । यी चारवटै चाँड नयाँ वर्ष (लोसार) को अवशरमा बौद्धधर्मालम्वीले परम्पराको रुपमा मान्दै आएको इतिहासमा उल्लेख छ । तर केही समुदायले पर्वको रुपमा मान्दै आएको छ । नौ प्रकारका खानेकुरा मिसाएर पकाइएका खाना (गुथुक), खप्स, थेन्दुक, रिल्दुक, रिकुर र फलफूल खाएर शुभकामना साटासाट गरी बौद्धधर्मालम्वीहरुले लोसार मनाउने गर्छन ।

कोङ्पो (तिव्वत क्षेत्र) प्रान्तका राजा आग्यालले युद्ध लड्न जानुअघि लोसार नमनाइ नजाने घोषणा पछि युद्धमा जीत हासिल गर्ने उदेश्यले लोसार मनाउन शुरुवात गरेको इतिहास । यो लोसार नै कोङ्पो लोसारको नाममा परिचित छ, हिजोआज लोपन्मुख लोसारको रुपमा यसलाई मानिन्छ । अर्को तोला लोसार ग्रह, नक्षत्र वा आकाशीय पिण्डहरुको चलायमान अवस्थासँग रहेको धर्मगुरुहरुको तर्क छ । ११ औं महिना पुसमा पर्दछ । यो विशेष गरी हिउँदको घाम फर्कदा लोसार मान्ने प्रचलन मञ्जुश्री (नाग्चीपा) जोतिस परम्परा पनि मानिन्छ । पात्रो अनुसार तोला लोसार पुस संक्रान्ती देखि मसान्त भित्र पर्दछ । सोनामको अर्थ कृषि हो, किसानले रोपेको खेतिपाती घर भित्राएपछि खुसीयालीमा सोनाम लोसार मनाउने गरेको इतिहास छ । पात्रो अनुसार १२ महिनाको पहिलो दिन सोनाम लोसार मनाउने चलन छ । यता पात्रोमा तिथि परिर्वतन भई नयाँ वर्ष शुरुवातसँगै १२ महिना समाप्ती पछि ग्याल्पो लोसार मनाइन्छ ।

बौद्धधर्मको इतिहास हेर्दा लोसारलाई यसरी प्रष्ट बुझ्न सकिन्छ । तर पात्रोमा नयाँ वर्ष परिर्वतन भन्दा पनि २०४६ सालसँगै भएको राजनैतिक परिर्वतनपछि लोसार जातीय रुपमा मनाउने चलन बड्दै गएपछि पात्रोअनुसारको बौद्धधर्मालम्वीले मान्ने लोसारहरु लोप हुने अवस्थामा पुगेको छ ।

अहिले तामाङ जातिले सोनाम र गुरुङ जातिले तोला लोसारलाई तमु नामाङकरण गरी हाम्रो भन्दै मनाउने गरेका छन् । यसरी तिथिमिति र विना आधार लोसारलाई जातीय रुपमा नयाँ वर्षको रुपमा मनाउनुले लोसार प्रति प्रश्न उठ्नु पनि स्वभाविकनै बनेको छ । राजनीतिले ग्रस्त समुदाय प्रथा, परम्परा र इतिहासलाई तोड्दै पर्व मनाउनुले इतिहास र बौद्धधर्म माथिको राजनीति हो भन्दा दुई मत नहोला ।

गुरुङ समुदायले आज पुष १५ मा तोलालाई तमु लोसार नामाङकरण गरी मनाएको पाइन्छ, तर यो बौद्धधर्मको लिपीमा लोसार उल्लेख नै भएको पाइदैन । यसरी बनावटी रुपमा आगन्तुक लोसार श्रृजना गर्नु बौद्धधर्म माथि प्रश्न उठेको धर्मगुरुहरु बताउने गर्छन । केही अग्रजहरु तोला लोसार लाई तमु लोसार बनाएको भन्ने कच्ची जवाफ दिने गर्छ तर यो जवाफ सिंगो बौद्धधर्मले स्वीकार गरेको पाइदैन । यसरी नै तामाङ जातिका केही समदायले सोनाम लोसार हाम्रो भन्दै मनाउने गरेको छ ।

पात्रो अनुसार २१५० वर्ष पुरा भएको पाइन्छ तर नेपाल तामाङ घेदुङ संघको नेतृत्वमा २८५८ वर्ष अघि झीँवा लोमा चीनको एक पहाडमा पहिलो पटक मञ्जुश्रीले लो (वर्ग) परम्पराको विषयमा धर्म देशना गरेको भन्दै सोनाम लोसारलाई सम्वत परिर्वतन हो भनी लोसार मान्ने तयारी गरेका छन् ।

यता नेपाल तामाङ बौद्ध महासंघले सोनामको वारेमा फरक धारणा राख्दै आठ वर्ष यता देखि पात्रो अनुसारकै लोसार मान्न अभियाननै शुरु गरेको जनाएको छ । यसरी तामाङ समुदायका धर्मगुरु र जातीय अगुवाहरुमा देखिएको विवादले लोसारलाई लोप वनाउन खोजेको भन्ने आरोप पनि लाग्ने गरेको छ । इतिहासलाई हेर्दा स्पष्ट भने पाइदैन यो सम्वत ४७२१ पुगेको दावी गर्छन भने केहीले मञ्जुश्री जम्म भएको दिन मानेको भनेका छन् ।

लोसार पछिल्लो समय वित्रृmतिको रुपमा पनि मान्ने प्रचलन बढेपछि यसको अध्ययन अनुसन्धान सुरु भएको छ । नयाँ कपडा लगाउने, मिठो खाने, रमाइलो गर्नेमा मात्र युवापुस्तामा ध्यान गएको पाइन्छ तर किन र कसरी लोसारको सुरुवात भयो भन्ने धार्मिक दृष्टीले सुरुवात भएको पर्वलाई कसरी मनाउनुपर्छ भन्ने चेत कसैमा पनि भएको पाइदैन् ।

धर्म, संस्कृति र परम्परा एकातिर तर लोसार मनाउने उत्सव अर्का तिर हुदाँ परम्परा संस्कृति नै फेरिएर अर्को अर्थ लाग्ने भन्दै अनुसन्धानमा जुटेका नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा यो परिपाटीलाई सच्याउनु पर्ने र दोस्रो पुस्तालाई सचेत बनाउनु आवस्यक भएको बताउँछन् ।

बौद्धधर्ममाथि लोसारले प्रश्न उठाउन थालेको पाइएको छ । बौद्धधर्म मान्ने शेर्पा, भोटे, थकाली, गुरुङ, तामाङ लगायतका समुदाय पछिल्लो समय आगन्तुक धर्मप्रति आस्था राख्न थालेका छन् ।

उनीहरु पनि लोसारलाई प्राथमिकता दिएर मनाउने गरेको पाइन्छ तर संस्कार र संस्कृति फरक पार्दे गएकाले लोसार माथि प्रश्न उठ्न थालेको पाइएको छ । टुँडीखेलमा आयोजना हुने लोसार कार्यक्रम छुट्टै प्रयोजन र फरक आसयले आयोजना हुने गरेको वौद्धधर्मागुरुहरुले आरोप लगाउने गरेका छन् ।

हामी धार्मिक संस्कृतिको जगेर्ण गर्ने लक्ष्यले लोसारलाई मनाउने गर्छौ तर टुँडीखेलमा मनाइने लोसार बौद्धधर्म अनुसार मनाइने गरेको कमै पाइने गरेको नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्वु लामा बताउनुहुन्छ ।

लोसार चाँड हो, तर बौद्धधर्मालम्वीले पर्वका रुपमा पनि चार वटै लोसार मनाउने गरेको यथार्थ छ । यता बौद्धधर्मका केही अगुवाहरुनै यसमा प्रश्न राख्दै विखण्डन तीर लोसारलाई लान लागेको पनि पाइयो । यसरी लोसार अन्य धर्मालम्वीले जसरी मनाउदा पनि हुने हो भने वौद्धधर्मलम्वीले लोसारको अपमान र संरक्षण गर्न नियमननै गरेर हेर्नु पर्ला की ?

राजनीतिक परिर्वतन र सचेतनाले धर्ममाथि प्रहार हुनु कति उचित होला भन्ने चिन्ताको विषय वनेको छ, यो वहसमा आएर सार्थक समधान पनि जरुरी छ । बाैद्ध धर्म अनुसार महायानी धर्मालम्वीले सम्वोडा लिपी अन्तर्गत दिएको तिथीमिति पात्रो अनुसार न्वरान, घेवा, विवाह, समग्र धार्मिक परम्परा शेर्पा, तामाङ, गुरुङ, भोटे, थकाली र तिव्वती मुलका समुदाय लगायत सवै वौद्धधर्मलम्वीले अनुसरण गर्दै आउनुनै यसको मुख्य प्रमाण हो भन्न सकिन्छ ।

२०४७ साल देखि हाम्रो पहिचान भन्दै लोसार मान्ने चलन शुरु भएको यसले पहिचानको कुरा तीन दशक देखि मात्र हो त्यो भन्दा पहिलेको पहिचान के त भन्ने प्रश्न उत्तिकै उठ्छ । लोसारलाई शव्द र लेखाइमा समेत फरक पारेर ल्होछार लेख्ने गरेको पाइन्छ । लो भनेको वर्ष र ल्हो भनेको दक्षिण भन्ने अर्थ दिन्छ । सार को अर्थ परिर्वतन हुनु हो त्यसैले ल्होछार नभएर लोसारको अर्थ वर्ष परिर्वतन भन्ने अर्थ लाग्नुले लिपी अध्यय्न गर्ने जो कसै पनि लोसार वारे प्रष्ट हुन्छ । त्यसैले हिम्मत खण्डवाट शुरु भएको ‘लाङ लो’ (गोरु वर्ष) लाई विदा गरी ‘तक लो ’ (बाघ वर्ष) २१५० वर्ष को कोङ्पो, तोला, सोनाम र ग्याल्पो लोसारलाई राष्ट्रिय पर्वको रुपमा मनाउन शुरुवात गर्नु पर्छ ।

बौद्धअनुयायी बज्रयानीले लोसार मान्दैन तर महायानीले लोसार मान्ने गर्दछ । लोसार जाती विषेश भनिनु , मनाउन प्रेरीत गर्नु धार्मिक चेतको खाँचो हो । तिथिअनुसार परिर्वतन हुने मितिले नयाँ वर्षको जनाउने भएकाले लोसार कहिल्यै पनि जाती विषेश हुन नसक्ने दावी पनि धर्मगुरुहरुले गर्दे आएका छन् ।

धार्मिक पहिचान जे छ त्यो मान्नुको विकल्प छैन । संसारभर मानिदै आएको लोसारलाई परिर्वतन गर्नु र पहिचान भन्दै जातीगत वनाउनुमा सच्चा वौद्धधर्मलम्वीले एक पटक गम्भिर भएर सोच्न जरुरी छ ?

परापुर्वकालमा यातायात र सूचनाको अभावमा चारै वटा लोसार मनाउने गरेको इतिहास छ । तर जातीगत रुपमा भन्दा पनि परम्परागत रुपमा क्रमैसँग लोसार मनाएको पाइन्छ । त्यसैले चार वटै लोसार महत्व भएको तर वर्ष परिर्वतनको सँगै अन्तिममा मनाउने लोसार ग्याल्वो लाई मानिन्छ ।

राज्यले विजयदशमी लाई महान चाडको रुपमा विदा दिँदै आएको छ यसरीनै जातिगत पर्व नमानी वौद्धधर्मालम्वीका लागि लोसारलाई पनि दशै जस्तै चाँडकै रुपमा प्राथमिकता दिनु पर्ने माग गर्दे आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय