दक्षिण कोरिया,(हिमाली संदेश), शेर्पा संघ दक्षिण कोरियाले आयोजना गरेको तग ल्हो २१४९औ ग्याल्बो ल्होसारको अवसरमा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिताको नतिजा घोषणा आगामी फेबुवारी २७ का दिन बृहत कार्यक्रमका बीच हुने भएको छ ।

शेर्पाहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्ने, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने उद्देश्यले विश्वब्यापी रुपमा आयोजना गरेकोकार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको सस्थाको अध्यक्ष थुतुङ गेल्जी शेर्पाले हिमाली सन्देशलाई बताउनु भयो।

उत्कृष्ट प्रतियोगीहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने नृत्य प्रतियोगीलाई नगद रु ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र, द्वितीय स्थान हासिल गर्नेलै नगद रु २० हजार सहित ट्रफी र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्नेलाई नगद रु १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ साथै एक जना प्रतियोगीलाई उत्कृस्ट भेषाभुषा पुरास्कार सवरूप नगद रु १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ

प्रतियोगितामा बिजेताहरुलाई नेपालमै बभ्य कार्यक्रमक बीच पुरस्कार वितरण हुने सस्थाले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय