सोलुखुम्बु : तिन महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि ११ हजार बढि पर्यटक खुम्बु क्षेत्र आइपुगेका छन् । साउनदेखि असोज मसान्तसम्म खुम्बु क्षेत्रको भ्रमणका लागि ११ हजार ३ सय ४२ पर्यटक सगरमाथा क्षेत्र आइपुगेका हुन । जसमा १ हजार ४ सय ५९ नेपाली, १ हजार ४ सय १९ सार्क मुलुकका र ८ हजार ४ सय ६४ अन्य मुलुकका विदेशि पर्यटक रहेका छन् । जसबाट २ करोड ५१ लाख ५ हजार ८ सय ९२ रुपैया ४ पैसा राजस्व सङ्कलन भएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार भदौमा १ हजार ३ सय २४ पर्यटक सगरमाथा क्षेत्र पुगेका थिए भने असोजमा ९ हजार ८ सय १० पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका छन् । असोजमा खुम्बु पुग्ने पर्यटक मध्ये ८ हजार ५ सय ५१ विदेशी र १ हजार २ सय ५९ नेपाली रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिनुभयो ।

जसबाट निकुञ्जले एकै महिनामा २ करोड १० लाख ५४ हजार ४ सय ७ रुपैयाँ ५४ पैसा राजस्व सङ्कलन गरेको सुचना अधिकारी मण्डलले बताउनुभयो । त्यस्तै साउन महिनामा भने २ सय ८ पर्यटक खुम्बु भित्रिदा ६ लाख ५६ हजार २ सय ७४ रुपैयाँ ३६ पैसा राजस्व सङ्कलन गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय, अन्य मुलुकका पर्यटकबाट ३ हजार, र नेपाली पर्यटकबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

वि.सं. २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कु लगायत्का हिमचुचुरा छन् । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचिमा समावेश गरिएको छ

सोलु एफ.एम.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय