काठमाडौँ, भाद्र २९ – न्यु रोडला गल्सि पुमु जेमु ठेसु, आजि ल्यामी तम्जि ङला जस्ता चर्चित गीतका गायक छोंग्बा शेर्पा लमु शेर्पाको स्वर रहेको ‘नाम ग्याँ कुकि’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारको लागि जापानमा रहेको फुरी शेर्पाले सरल शेर्पा भाषामा प्रेमजोडीको प्रेमसँगै वैदेशिक रोजगारले उनीहरुको बैबाहिक जिबनमा आइपर्ने उतारचाडब बारे शब्दमार्फत बयान गरेको गीतमा दावा शेर्पा निर्देशन, पेमा वान्ग्दी लामाले संगीत भरेका छन् भने सिनेमेटोग्रफी त्रिलोक लामाले गरेका छन् ।
भिडियोमा छोंग्बा शेर्पा, नान्सी शेर्पा, छिरिङ्ग वान्गेल शेर्पा, मिङ्डोमा शेर्पा, लक्ष्मी तामांग लगायतलाई फिचरिङ गरिएको छ । गीत गायक शेर्पाको Chhongba Sherpa युटुब चयनल मार्फत सार्वजनिक भएको छ ।